Monday, January 2, 2012
एनआरएनएमा बैदेशिक रोजगार सूचना केन्द्र टीमको गठन
१ जनवरी २०१२
बैदेशिक रोजगारमा जाने कामदारहरूलाई सहि, सत्य र प्रयाप्त सूचना प्रदान गर्ने मूल उद्येश्य राखी एनआरएनएले बैदेशिक रोजगार सूचना केन्द्रलाई प्रोजेक्टका रूपमा अघि बढाउन आज एक टीम गठन गरिएको छ । यस अघि नै यस प्रोजेक्टका च्याम्पिएन तोकिएका एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले यस क्षेत्रमा कृयाशिल तथा बिशेष रूची र ज्ञान भएका बिभिन्न बिज्ञ ब्यक्तित्वहरू र एनआरएनएको नेतृत्वसंगको परामर्श पश्चात पूर्णता पएको यो टीमको गठन यस प्रकार भएको छः
सल्लाहकारहरूः
(१) प्रमुख सल्लाहकारः श्री स्थानेश्वर देबकोटा, कार्यकारी निर्देशक, बैदेशिक रोजगार प्रबर्द्धन बोर्ड, नेपाल
(२) सल्लाहकारः श्री रामेश्वर शाह, उपाध्यक्ष, एनआरएनए आइसिसी, युएई
(३) सल्लाहकारः श्री तेञ्जी शेर्पा, महासचिव, एनआरएनए आइसिसी, दक्षिण कोरिया
प्रोजेक्ट च्याम्पिएनः (४) श्री धरम के.सी., अध्यक्ष, एनआरएनए साउदी अरब
प्रोजेक्ट टीमका सदस्यहरूः
(५) श्री किरण किशोर घिमिरे, अध्यक्ष, म्यानपावर ब्यवसायी संघ, नेपाल
(६) श्रीमति चन्दा थापा, प्रबन्ध सम्पादिका, ऐक्यबद्धता प्रकाशन, नेपाल
(७) श्री तारानाथ सापकोटा, प्रबन्ध निर्देशक, एभरेष्ट मिडिया, थाइल्याण्ड (एसिया प्रशान्त क्षेत्र)
(८) श्री उद्धव भट्टराई, प्रबन्ध निर्देशक, रोजगार मिडिया, नेपाल
(९) श्री सुजन के.सी., महासचिव, एनआरएनए एनसिसी कुवेत
(१०) श्री तिल बिक्रम थेबे, पत्रकार, कतार
(११) श्री जगन्नाथ कंडेल,(डाँडा कटेरी ) अध्यक्ष, नेपाली समाज, स्पेन (युरोप)
(१२) श्री नमराज लामिछाने, पुर्ब उपाध्यक्ष, एनआरएनए एनसिसी साउदी अरब
यस टीमको मुख्य काम आगामी ६ महिनाभित्रै बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूका लागि जानकारीमूलक हाते पुस्तिका तयार पार्नु हुनेछ ।
साथै चेतनामूलक सूचना प्रबाह गर्दै बैदेशिक रोजगार क्षेत्रमा देखिएका बिभिन्न समस्या, बिकृति र बिसंगतिहरूको अन्त्यका लागि पनि यो टिमले सक्दो पहल गर्नेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment