Sunday, December 4, 2011

एनआरएन स्पेनको बैठक सम्पन्न

बिष्णु रिजाल, स्पेन । गैर आबासीय नेपाली संघ रास्ट्रीय समन्यन समितिको स्पेन को मासिक बैठक यहि डिसेम्बर ४ तारिक आइतबारका दिन समितिका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्लेको अध्यक्षता र महासचिब श्री बिष्णु रिजालको संचालनमा सम्पन्न भएको छ | निबर्तमान आ सी सी सदस्य श्री रामलाल कंडेल ज्यु लाइ कार्यकाल सम्पन्न गरेको सम्मानमा मा बिदाइ तथा बधाई र बर्तमान आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना को स्वागत गरिएको थियो | निबर्तमान आइ सी सी श्री रामलाल कंडेल ज्यु ले आफ्नो अनुभब , सस्था स्थापना देखिको आफ्नो लगाब र नेतृत्व तथा एन आर एन सस्थासंग आफ्नो सामिप्यता गहिरो रहेको जनाउदै बर्तमान कार्य समिति तथा यहाको प्रतिनिधित्व गर्ने आइ सी सी सदस्य ज्यु को कार्यकाल सफलताको लागि शुभकामना दर्शाउनु भएको थियो | काठमांडू मा सम्पन्न अन्तरास्ट्रिय सम्मेलन सम्बन्धि भएका बिबिध निर्णय हरु बारे अधक्ष्य श्री अर्जुन काफ्ले , आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना , श्री एकराज गिरी तथा कोषाध्क्षमा श्री केदार ढुंगाना ले ब्रिफिंग गर्दै अन्य सम्भाबना बारे आ- आफ्ना राए राख्नु भएको थियो | एन आर एन आइ सी सी का अध्यक्ष श्री जिबा लामिछाने ज्यु भर्खरमात्र प्रधानमन्त्री को आर्थिक सल्लाहकार काउन्सिल मा मनोनयन हुनु भएको मा बधाई दिदै उहाको कार्यकालमा आर्थिक समुन्नतिको बाटो पहिल्याउन सहयोगी होस् भन्दै कार्यसमितिले शुभेच्छा प्रकट गर्यो |साथै उक्त बैठकले रास्ट्रीय समन्यन समिति स्पेन का लागि अनुशासन , मुल्यांकन ,संगठन बिस्तार ,कल्याणकारी कोष संचालन सम्बन्धि श्री बिष्णु रिजाल संयोजक र कृष्ण प्रसाद खनाल रहेको दुइ सदस्यीय नियमावली तथा बिधान संशोधन मस्यौदा समितिले प्रस्तुत गरेको नियमावली छलफल पस्चात पास गर्दै संगठन बिस्तार समिति को सदस्यमा श्री चिन्तामणि सापकोटा ज्यु लाइ राख्ने निर्णय गर्यो |उक्त बैठकमा आशन्न महिला कन्फरेन्स , क्षत्रिय मिटिंग को बारेमा पनि छलफल गरिएको थियो | बैठकमा सल्लाहकार ज्युहरु , अन्तरास्ट्रिय युवा प्रतिनिधि श्री प्रकाश अधिकारि ज्यु को पनि उपस्थिति थियो | अन्तरास्ट्रिय सम्मेलन मा स्पेन को तर्फबाट उत्साहप्रद भाग लिने सम्पूर्ण साथीहरु , निर्बाचन प्रक्रिया को टिम बसी बिशेस सहयोग गर्नु हुने कार्य समितिका सदस्य रमेश ज्ञवाली ज्यु लाइ धन्यबाद दिने प्रस्ताब पास गर्दै खुल्ला बि. पि . कप भलिबल प्रतियोगितामा एन आर एन स्पेन लाइ दोस्रो स्थानमा पुर्याउन सफल खेलाडी मित्रहरु श्री प्रदिप कंडेल ,श्री गोपाल रेग्मी ,श्री राजु थापा ,श्री तारा गुरुङ ,श्री प्रबिन श्रेष्ठ ,तथा नबिन गुरुङ लाइ कार्य समितिको तर्फ बाट धन्यबाद दीइएको थियो |

No comments:

Post a Comment