Wednesday, January 11, 2012
बैदेशिक रोजगारमा दुर्घटनामा परी अपांग (अशक्त) वाजुल कवारीको परिवारलाई सहयोग पुर्याउनुहुन
जीउदो लास लिएर फर्कियो वाजुल कवारी स्वदेश ।
सागर श्रेष्ठ
बैदेसीक रोजगारिको सिलसिलामा साउदी अरेवियाको रहिमा स्थित अल अकदुद कम्पनिमा २००८ मार्च १६ तारिखको दिन मिठो सपना बोकेर धेरै पैसा कमाउने आशा लिएर आएको महोतरी गामारीया ४ को राहदानी नं ३८०२८०७ न को वाजुल कवारी आज मिति २०१२ जनवारी १० तारिखको दिन गल्फ एयरबाट जिउदो लास लिएर नेपाल फर्केको छ ।
कामको सिलसिलामा गत जुलाई १५ तारिखको दिन स्काफोल्डीङ्ग गर्दै गर्दा ३० फिट माथीबाट खसेर हात खुट्टा भांचिनुको साथै धाड पनि भांचिएको थियो र टाउकोमा ठूलो असर परेको थियो । अलमाना हस्पीटलको कोठा नं २४२ मा करिव ५ महिनाको आईसीयुको उपचार पछी आज एक जना डाक्टर र एक जना सहयोगीको साथ नेपाल फर्केको छ । वहां अहिले विस्तारै हिडडुल गर्न मसिनो बोल्न सक्नुहुन्छ तर दुर्भाग्यको कुरा वहां कसैलाई पनि चिन्न सक्नुहुन्न । करिव ४०-५० मिनेट उ संग कुरा गर्यो भने चिनेको जस्तो गर्छ फेरी केहि समय पछि चिन्न सक्दैन ।
वहांलाई यस्तो अबस्थामा सहयोग गर्नलाई न त कुनै सामाजीक संघ संगठन नै भयो न त कुनै ब्यक्तिनै किन कि उसले पढेको थिएन अनि कुनै संघ संगठनको सदस्य पनि थिएन । रहिमामा रहेका केहि नेपालीहरु मिलेर खडा गरेको बचत कोष बाट उसको बचत भएको रकम बराबरको रकम सहयोग गर्नुको साथै उसको खातामा जम्मा भएको रकम बोनस सहित वहांकै नातेदार ईदि्रस कवारी मार्फत पाठाएको जानकारी पनि प्राप्त भएको छ । केहि नेपाली साथीहरुको पहलमा कम्पनिबाट ५००० र ईन्सुरेन्स कम्पनिबाट ५००० रियाल दिने मौखिक कुरा गरेता पनि यथार्थमा पाउने हो या होईन त्यो ठेगान छैन । यस विषयमा सम्बन्धीत निकाएको ध्यान जान आवश्यक छ कि बोल्नेको पिठो पनि विग्ने र नबोल्ने को चामलपनि नविग्ने नहोस ।
धरम के.सी.
अध्यक्ष
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, साउदी अरब
NOTE .. मितिः ११ जनवरी २०१२ पत्रसंख्याः NRNAKSA/2011-13/028
डा. उपेन्द्र महतो
संस्थापक अध्यक्ष
एनआरएनए आइसिसी
बिषयः बैदेशिक रोजगारमा दुर्घटनामा परी अपांग (अशक्त) वाजुल कवारीको परिवारलाई सहयोग पुर्याउनुहुन
तलको समाचार पढेपछि हामी हजुरले जुलाई २०११ मा मस्कोमा भएको एनआरएनएको क्षेत्रिय सम्मेलनमा घोषणा गर्नुभएको रू. ५ करोडको उद्धार कोषलाई सम्झिन पुगेका छौं । हाम्रो बुझाईमा त्यो कोषको उद्येश्य तथा कार्यक्षेत्र र बैदेशिक रोजगारमा आई जिउंदो लाश बनी हिंजो १० जनवरीमा स्वदेश फर्केका वाजुल कवारीको सम्बन्ध र सरोकार हुनसक्दछ । यसैले पनि गैर आवासीय नेपाली संघ साउदी अरब निज कवारीको परिवारलाई उक्त कोषबाट सक्दो उद्धार (कल्याण) गरिदिनका लागि अनुरोध गर्दछ ।
थप जानकारीका लागि साउदीमा रहेका निज कवारीका ससुरा इद्रिशलाई ०० ९६६ ५६०३८६५०३ मा र / या नेपालमा कवारीकी श्रीमति कलिमालाई (००९७७) ९८१५८११९८५ मा सम्पर्क राख्नसकिनेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment