Sunday, December 4, 2011

एनआरएन स्पेनको बैठक सम्पन्न

बिष्णु रिजाल, स्पेन । गैर आबासीय नेपाली संघ रास्ट्रीय समन्यन समितिको स्पेन को मासिक बैठक यहि डिसेम्बर ४ तारिक आइतबारका दिन समितिका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्लेको अध्यक्षता र महासचिब श्री बिष्णु रिजालको संचालनमा सम्पन्न भएको छ | निबर्तमान आ सी सी सदस्य श्री रामलाल कंडेल ज्यु लाइ कार्यकाल सम्पन्न गरेको सम्मानमा मा बिदाइ तथा बधाई र बर्तमान आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना को स्वागत गरिएको थियो | निबर्तमान आइ सी सी श्री रामलाल कंडेल ज्यु ले आफ्नो अनुभब , सस्था स्थापना देखिको आफ्नो लगाब र नेतृत्व तथा एन आर एन सस्थासंग आफ्नो सामिप्यता गहिरो रहेको जनाउदै बर्तमान कार्य समिति तथा यहाको प्रतिनिधित्व गर्ने आइ सी सी सदस्य ज्यु को कार्यकाल सफलताको लागि शुभकामना दर्शाउनु भएको थियो | काठमांडू मा सम्पन्न अन्तरास्ट्रिय सम्मेलन सम्बन्धि भएका बिबिध निर्णय हरु बारे अधक्ष्य श्री अर्जुन काफ्ले , आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना , श्री एकराज गिरी तथा कोषाध्क्षमा श्री केदार ढुंगाना ले ब्रिफिंग गर्दै अन्य सम्भाबना बारे आ- आफ्ना राए राख्नु भएको थियो | एन आर एन आइ सी सी का अध्यक्ष श्री जिबा लामिछाने ज्यु भर्खरमात्र प्रधानमन्त्री को आर्थिक सल्लाहकार काउन्सिल मा मनोनयन हुनु भएको मा बधाई दिदै उहाको कार्यकालमा आर्थिक समुन्नतिको बाटो पहिल्याउन सहयोगी होस् भन्दै कार्यसमितिले शुभेच्छा प्रकट गर्यो |साथै उक्त बैठकले रास्ट्रीय समन्यन समिति स्पेन का लागि अनुशासन , मुल्यांकन ,संगठन बिस्तार ,कल्याणकारी कोष संचालन सम्बन्धि श्री बिष्णु रिजाल संयोजक र कृष्ण प्रसाद खनाल रहेको दुइ सदस्यीय नियमावली तथा बिधान संशोधन मस्यौदा समितिले प्रस्तुत गरेको नियमावली छलफल पस्चात पास गर्दै संगठन बिस्तार समिति को सदस्यमा श्री चिन्तामणि सापकोटा ज्यु लाइ राख्ने निर्णय गर्यो |उक्त बैठकमा आशन्न महिला कन्फरेन्स , क्षत्रिय मिटिंग को बारेमा पनि छलफल गरिएको थियो | बैठकमा सल्लाहकार ज्युहरु , अन्तरास्ट्रिय युवा प्रतिनिधि श्री प्रकाश अधिकारि ज्यु को पनि उपस्थिति थियो | अन्तरास्ट्रिय सम्मेलन मा स्पेन को तर्फबाट उत्साहप्रद भाग लिने सम्पूर्ण साथीहरु , निर्बाचन प्रक्रिया को टिम बसी बिशेस सहयोग गर्नु हुने कार्य समितिका सदस्य रमेश ज्ञवाली ज्यु लाइ धन्यबाद दिने प्रस्ताब पास गर्दै खुल्ला बि. पि . कप भलिबल प्रतियोगितामा एन आर एन स्पेन लाइ दोस्रो स्थानमा पुर्याउन सफल खेलाडी मित्रहरु श्री प्रदिप कंडेल ,श्री गोपाल रेग्मी ,श्री राजु थापा ,श्री तारा गुरुङ ,श्री प्रबिन श्रेष्ठ ,तथा नबिन गुरुङ लाइ कार्य समितिको तर्फ बाट धन्यबाद दीइएको थियो |

Monday, November 21, 2011

गैरआवासीय नेपाली संघ रुसको विस्तारित बैठक सम्पन्न

कृष्णप्रकाश श्रेष्ठ, मस्को - मास्कोको एउटा केन्द्रीय सडकमा रहेको तिब्बतु रेष्टुराँको एक कक्षमा गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यकारिणी समितिको विस्तारित बैठक बोलाइएको थियो । मास्कोमा पहिलोपल्ट बसेको उक्त बैठकमा सर्वप्रथम रुस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष उत्सवकुमार अमात्यले काठमाडौंमा अक्टोबरमा सम्पन्न भएको पाँचौं गैरआवासीय नेपाली विश्वसम्मेलनबाट एनआरएनए आईसीसीको अध्यक्षपदमा निर्विरोध निर्वाचित हुनुभएका जीवा लामिछानेलाई रुसमा बसोवास गरिरहेका सबै नेपालीहरुको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्नुहुँदै शुभकामना एवं फुलको गुच्छाले स्वागत गर्नुभयो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जीवा लामिछानेले आफुलाई अध्यक्ष पदमा पुर्‍याउनका लागि प्रत्यक्ष र परोक्ष रुपले सहयोग गर्ने सबैप्रति हार्दिक कृतज्ञता जनाउनुका साथै गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै सकि्य रहि आएको हुँदा आउँदो २ वर्षको कार्यावधिमा गैरआवासीय नेपाली आन्दोलन समक्ष रहेका समस्या र चुनौतीहरुको आफुलाई राम्रो बोध भएको कुरा जनाउनुभयो र भविष्यमा गर्नुपर्ने कार्यहरुबारे पनि संक्षेपमा प्रकाश पार्दै आफुले उपाध्यक्ष छँदादेखि नै वहन गर्दै आएको लोककल्याणकारी परोपकारी कार्यको जिम्मा यसपल्ट पनि आईसीसीले आफुलाई नै सुम्पेको सूचित गनुभयो । गैरआवासीय नेपाली संघ रुसको भावी कार्यक्रमबारे पनि विस्तारित बैठकमा छलफल भई नेपालमा एनआरएनको भवन निर्माणका लागि र आगामी २ वर्षमा रसियाको च्यारेटी कार्यक्रमका लागि विभिन्न तरिकाहरु अपनाएर रकम सङ्कलन गर्नुका साथै रुसमा कार्यरत सबै नेपाली संघसंस्थाहरुलाई समेटेर वार्षिक कार्यक्रमहरुको तालिका क्यालेण्डर तयार पार्ने निर्णय लिइएको छ । यसका साथै मास्कोमा सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको वेला लोकार्पण गरिएको कृष्णप्रकाश श्रेष्ठको अनुवादमा रुसी तथा नेपाली दुवै भाषामा महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र पुश्किनका काव्यकृतिहरु मुनामदनु तथा जिप्सी समावेश गरिएको देवकोटा र पुश्किनु शीर्षकको पुस्तक विक्री वितरण गरी जम्मा हुने रकमबाट पुस्तक प्रकाशन गर्ने पनि निर्णय लिइएको छ । गैरआवासीय नेपाली संघ रुसको विस्तारित बैठकमा जीवा लामिछाने उत्सवकुमार अमात्य डा. एकनारायण चापागाईं डा. मणिराज पोखरेल डा. बद्री के.सी. तेजबहादुर शाह गो विन्दप्रसाद गौतम जीवनकिशोर श्रेष्ठ गणैश रामदाम भरतराज झा एकनाथ दुवाडी होमनाथ गौतम प्रद्युम्न नेपाल हेमन्तकुमार सिँह खेमराज लामिछाने कृष्णप्रकाश श्रेष्ठ प्रभृतिको समुपस्तिथी रहेको थियो । सधैंजस्तो सौहार्दपूर्ण र कामयावी वातावरणमा सम्पन्न भएको छलफलमा आउँदा दिनहरुमा अरु पनि रचनात्मक क्रियाकलापहरु सम्पन्न गर्दै जाने सरसल्लाह भएको छ ।गैरआवासीय नेपाली संघ आईसीसी अध्यक्ष जीवा लामिछाने तथा एनसीसी चसियाका अध्यक्ष उत्सवकुमार अमात्यको टोलीलाई उत्तरोत्तर सफलता प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।

Thursday, September 22, 2011

यश कुमार र बिष्णु खत्री ले बार्सिलोना लाइभ कन्सर्ट गर्ने

गैर आबासीय नेपाली संघ स्पेन को आयोजना मा यहि सेप्टेम्बर २२ , बिहिबार का दिन स्पेन को बार्सिलोना मा नेपालका ख्याती प्राप्त कलाकार यश कुमार र बिष्णु खत्री ले लाइभ कन्सर्ट गर्ने भएका छन् | बिजया दशमी तथा दिपावली २०६८ को शुभ अवसर पारेर शुभकामना आदान प्रदान तथा लाइभ कन्सर्ट गर्ने सो कार्यक्रम को तयारि तथा प्रचार प्रसार द्रुतगतिमा बढिरहेको छ | सो कार्यक्रम बाट प्राप्त रकम एन आर एन कल्याणकारी कोष मा राखे निर्णय पहिलेनै भैसकेको छ | सो कार्यक्रम मा उपस्थित भै सहयोग गरिदिनु हुन स्पेन बासि नेपाली तथा गैर नेपालीहरु हरुलाई एन आर एन स्पेन ले हार्दिक अपिल गरेको छ |अन्य जानाकारीको लागि अर्जुन काफ्ले ६६६९८२५१२ ,, प्रकाश तिमिल्सिना ६९८६३३०६३ , बिष्णु रिजाल ६९८४५२१२० ,केदार ढुंगाना ६९७८३३०४४ संग सम्पर्क गर्न सक्न्नु हुनेछ |

समय - १६.०० बजे
मिति - २२ सेप्टेम्बर , २०११
स्थान -c/Tore den daminas nr. 6
HOSTAFRANCS
Metro L1,salida MERKAT

Saturday, September 17, 2011

जनसम्पर्क समिति डेनमार्कको अधिवेशन सम्पन्न

प्रकाश ढकाल, कोपनहेगन - नेपाली जनसम्पर्क समिति डेनमार्कको अधिवेशन हालै सम्पन्न भएको छ । कोपनहेगनमा सम्पन्न अधिवेशनले यामलाल सुवेदीको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन समेत गरेको छ । अध्यक्ष पदका लागि शुरुमा तीन जनाले दाबी गरे पनि पछि सहमति जुटेको थियो । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष त्रिलोचन सापकोटा, यामलाल सुवेदी तथा भूपाल बानियाको दावी रहे पनि सुवेदीको पक्षमा सहमति जुटेको थियो।


अध्यक्षमा विजयी सुवेदीले यो कसैको हारजित नभएको बताए । सबैलाई मिलाएर लैजाने र सबैको सहयोगले मात्र संस्था बलियो हुने पनि उनले बताए । अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै युरोपेली जनसम्पर्क समितिका अध्यक्ष दिल बहादुर गुरुङ्ले नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा जनसम्पर्क समिति रहे पनि विदेशमा रहेका सम्पुर्ण नेपालीहरुको हितका लागि संस्था क्रियाशिल रहेको बताए ।


डेनमार्कका लागि नेपाली राजदुत विजयकान्त लाल कर्णले अधिवेशनको सफलताको कामना गर्दै विदेशमा सिकेका शिप र शिक्षा स्वदेशमा लगाउनु पर्ने कुरामा जोड दिए । यसैगरी एन आर एन डेनमार्कका अध्यक्ष मोहन राज मिश्र, एन डि एफ का अधक्ष घनश्याम गौतम, जनप्रगतिशिल मञ्चका अध्यक्ष उदय राज गौतम, एन आर एनका निवर्तमान अधक्ष सोमनाथ सापकोटा, जनसम्पर्क समितिका सल्लाहाकार नविन पौडेल लगायतले अधिवेशन सफलताको कामना गरेका थिए ।


भेलाबाट चयन भएका अन्य कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षहरुमा प्रकाश ढकाल, महेश सिहं खत्री तथा नविन आचार्य, महामन्त्रीहरुमा बिदुर गौतम र बुद्धि पापकोटा, सह-महामन्त्रीमा गोविन्द पौडेल, कोषाध्यक्षमा दिपक रिजाल रहेका छन् र सदस्यहरुमा प्रतिक सुब्बा, श्रीमती प्रमिला प्रसाईं कडरिया, गिरी कंडेल, निराजन सुवेदी र योगमाया मिश्र पौडेल रहेका छन् ।

Wednesday, August 24, 2011

पोर्चुगलमा हरितालिका तिज कार्यक्रम २८ अगस्तमा भब्यतापुर्बक मनाइने


निर्दोष के सी
लिस्वन,२४ अगस्त

गैर आवाशीय नेपाली संघ पोर्चुगलको आयोजनामा महिलाहरुको महान पर्ब हरितालिका तिज २०६८ कार्यक्रम २८ अगस्त आइतवारका दिन दिनको १ बजे देखि मार्केस पोम्बाल स्थित होटल फेनिक्समा दर खाने, तिज गीत र नाचगान सहित भब्यतापुर्बक मनाइने भएको छ । नेपाली सस्कार, रितीरिवाज र परम्परालाई उजागर गर्ने उद्देश्यले विगतमा पनि विभिन्न चाड पर्व, कला तथा संस्कृती झल्काउने कार्यक्रम गरे जस्तै यस पटक पनि महिलाहरुको पर्व तिज मनाउने निर्णय संघले गरेको हो ।

नेपाली क्यालेण्डर अनुसार तिज अगष्ट ३१ बुधवारका दिन परे पनि धेरै नेपालीको विदा र अनुकुलता हेरेर २८ अगस्त आइतवारका दिन तिज विशेष कार्यक्रम गरिने भएको हो । कार्यक्रमलाई सफल बनाउनका लागि संघले यस अघि नै एक समिति गठन गरिसकेको छ । सो समितिको संयोजकमा सिता बराल एबम् सदस्यहरुमा बिमला सेडाई, लक्ष्मी रेग्मी, गीता तिमिल्सिना, रिता गौतम, सबित्रा बस्नेत, राधा गौतम ढकाल, भगबती बस्नेत, बिमला पौडेल, लक्ष्मी पुन, इन्दिरा पुरी, इशा शर्मा, जग कुमारी गुरुङ, उमा गुरुङ, अनिता श्रेष्ठ, राजकुमारी घर्ति मगर, सन्तु राई, दीपा गौतम र रेखा पौडेल रहेका छन ।

यस अघि सेप्टेम्बर ४ तारिखमा कार्यक्रम निश्चित भएकोमा हलको उपलब्धता र तिज पछाडी कार्यक्रम गर्दा कार्यक्रमको सान्दर्भिकता कम हुने सुझाब दिदिबहिनीहरुबाट आएकोले २८ तारिख सारिएको जानकारी अध्यक्ष रमेश गुरुङले दिनु भएको छ।

नेपाली महिलाहरुको यस पर्बलाइ भब्य एबम् आकर्षक रुपमा सफल पार्न पोर्चुगलबासी सम्पुर्ण महिला दिदिबहिनीहरुलाइ तीजको पहिरनमा तिज गीत समेत तयार गरी उपस्थित हुनु हुन संघले अनुरोध गरेको छ।

Saturday, July 9, 2011

जन-सम्पर्क समिति स्पेनले वकिलसँग अन्तर्क्रिया गर्ने

स्पेन सरकारले यही २०११ जुलाई बाट परिवर्तन गरेको ईमिग्रेसन सम्बन्धी नियम -
कानुनहरु (विशेष गरेर अराइगो सम्बन्धी) का बारेमा स्पेनमा बस्ने नेपाली साथीहरुलाई
जानकारी गराउने उद्धेस्यले जन-संपर्क समिती स्पेनले यहाँको वकिलसँग यही जुलाई २१
तारिख एक अन्तर्कृया कार्यक्रमको तयारी गरेको छ।
सो अन्तर्क्रिया कार्यक्रममा स्पेनबासळ नेपालळीलाईउपस्थितिका लागि अनुरोध पनि गरेको छ ।

मिती :- २०११ जुलाई २१ तारिख
स्थान :- C/ Corsega - 333 (Entresuelo), Barcelona, Spain (Metro L4 Verdaguer &
L3 N L5 Diagonal)
समय :- दिउंसो १६:३० देखि १९:०० बजे सम्म वकिलसँग अन्तर्क्रिया र १९:०० देखि २०:३०
बजे सम्म नेपाली डकुमेन्ट्री प्रदर्शन।

Saturday, May 21, 2011

एन आर एन स्पेनको उम्मेदबारी निर्बिरोध निर्वाचित

गैर-आवासिय नेपाली संघ (एन आर एन) स्पेनको दोश्रो अधिवेशन यहि २०११ मे २९ तारिख
आईतवार स्पेनको बार्सिलोनामा हुन गैरहेको छ। निर्वाचन समितिको कार्यतालिक अनुरुप
हिजो मे १९ तारिख सम्ममा बिभिन्न पदका लागि उम्मेदबारी दर्ता र तत्पश्चात
उम्मेदबारीमाथीको दाबी बिरोध रहेको थियो। समन्वय समितिको पहल र यहाँ रहेका अन्य
संस्थाहरुको सक्रियतामा एन आर एन स्पेनको आगामी कार्यसमितिका लागि हरेक पदका लागि
१/१ वटा दर्खास्त परेकाले र सो उम्मेदबारीको दरखास्त उपर कुनै पनि दावि बिरोध
नआएकाले निर्वाचन समितिका संयोजक श्री एकराज गिरीले १७ जनाको उम्मेदबारी निर्बिरोध
निर्वाचित भएको घोषणा गर्नु भयो। जस अनुरुप -

(१)अध्यक्ष :- श्री अर्जुन प्रसाद काफले
(२) उपाध्यक्ष :- श्री प्रकाश तिमिल्सिना
(३)उपाध्यक्ष :- श्री बाबुकृष्ण कंडेल
(४) महा-सचिव :- श्री बिष्णु रिजाल
(५) सचिव :- श्री प्रदिप कंडेल
(६) कोषाध्यक्ष :- श्री केदारनाथ ढुंगाना
(७) सदस्य :- श्री चिन्तामणी सापकोटा,
(८) सदस्य :- श्री उमेश अधिकारी,
(९) सदस्य :- श्री राजु थापा,
(१०) सदस्य :- श्री यमबहादुर गुरुङ (प्रेम),
(११) सदस्य :- श्रीमती गंगादेवी शर्मा,
(१२) सदस्य :- श्री बलबहादुर कार्की,
(१३) सदस्य :- श्री भोजराज सापकोटा,
(१४) सदस्य :- श्री बिबेक सापकोटा,
(१५) सदस्य :- श्री बलराम वाग्ले,
(१६) सदस्य :- श्री कृष्णप्रसाद खनाल
(१७) सदस्य :- १ जना महिला सदस्यको पदमा समन्वय समितिका तर्फ बाट प्रतिनिधित्व हुन
अझै बाँकी रहेको छ।


आइ सी सी सदस्य :- श्री पुष्पराज तिमिल्सिना (अन्तराष्ट्रिय समन्वय परिषदका लागि
स्पेनका तर्फ बाट)

आगामी कार्यसमितीद्वारा निर्णय गरिने भनिएका युवा प्रतिनिधि र महिला प्रतिनिधि मध्य
युवा प्रतिनिधिमा प्रकाश अधिकारी हुनुहुन्छ।

एकराज गिरी
निर्वाचन समिति संयोजक
एन आर एन स्पेन (दोश्रो अधिबेशन),
बार्सिलोना, स्पेन।
सन २०११ मे २० तारिख शुक्रबार

Thursday, May 12, 2011

स्पेन मा पनि भूकम्प ३००० व्यक्ति घरबार बिहिन

केहि समय अगाडी जापान मा गएको विनासकारी भूकम्प पछि स्पेन मा पनि हिजो राति भूकम्प जानु का साथै हजारौ घर बार बिहिन भएका छन् . गए राति स्पेन को मुर्सिया जिल्ला अन्तर्गत पर्ने लोर्का मा एक सानो भूकम्प गए लगत्तै अर्को भूकम्प गयो जसले गर्दा रात भरि २०,००० मानिस डर र त्रास ले रात भरि बाहिर सुत्न बाध्य भएका थिए .माड्रिड ,सेबिय्या , भेलान्सिया मा सामान्य मात्रामा भूकम्पको झड्का मात्र गएको र लोर्का मा केहि समय सम्म भूकम्प गएको कारण ले घर हरु भत्कनु का साथै धन जन को क्षेती हुन पुगेको स्थानीय व्यक्ति खुवान फेर्नांदे पालोमारे ले बतानु भएको थियो साथै करिब ४ बर्ष पहिला पनि लोर्कामा भूकम्प गएको बताईएको छ . हिजो राति लोर्का मा भूकम्प पिडित व्यक्ति हरुको उद्दार का लागि हेलिकप्टर का साथ् २७ ईम्बुलेंस , ३४० आर्मी ,स्थानीय प्रहरी रेडक्रस हरु व्यस्त देखिन्थे .भूकम्प पिडित पक्ष लाई सरकार द्वारा क्षेती पूर्ति गरेनी कुरा आज प्रकाशित स्थानीय पत्रिका हरुमा उल्लेख गरिएको छ उक्त भूकम्प पिडित ३००० व्यक्ति हुन पुगेका छन् भने ९ को मिर्तु भएको छ जसमा ४ पुरुष ४ महिला (जसमा २ गर्भवती) र १ बच्चा रहेको रेडक्रस बाट थाहा हुन आएको छ ३००० हजार व्यक्ति को लागि अस्थाई बसोबास र खाना पिन को लागि सक्दो रुपमा रेडक्रस लागि परेको छ अन्य सरसफाई र व्यस्थापन मा नगरपालिका सहित पुलिस खटिएका छन् उक्त भूकम्प मा भत्किएका घर हरु अधिकांस पुराना घर हरु रहेका छन पिडित पक्ष साउथ अमेरिकन र मोरोक्किस हरु रहेको स्थानी एफ एम रेडियो ले जनाएको छ .
जगन्नाथ डाँडा कटेरी
मुर्सिया , स्पेन

Saturday, March 5, 2011

नेपाली समाज स्पेन द्वारा स्वोर्गीय नेता किशुनजी प्रति हार्दिक श्रन्दानजली ब्यक्त

कांग्रेस संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शुक्रबार मध्यरातमा निधन भएको खबर ले सम्पूर्ण स्पेन बासि  नेपाली  जनतालाई मर्माहत बनायको छ /नेपालको प्रजातान्त्रिक आन्दोलन का शिखर पुरुस शन्त नेता   स्वो . किशुनजी ले  राजनीतिक दशर्ननले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता को जरुरि हुन्छ भन्ने  आफ्नो निष्ठा  लाइ कहिले कसैसंग सम्झौता गर्नुभयन /निष्ठा र इमान्दारीका धनि स्वो.किसुनजी को बारेमा जति व्याख्या गरे पनि अपुग हुन्छ /उहाले देखाउनुभयको निष्ठा को बाटोलाई आत्मासाथ गर्दै गयको भय आज नेपाली काँग्रेस मात्र होइन मुलुकले नै काचुली फेर्ने थियो /देश र जनता को समर्पण मा आफ्नो सम्पूर्ण जिबन सुम्पिनु भयका हाम्रा शन्त नेता स्वो. किशुनजी को निधन बाट मर्माहत भयका सम्पूर्ण नेपाली जनता हरुमा भगवान ले धैर्यधारणा गर्ने शक्ति पर्दान गरुन भन्दै  नेपाली समाज स्पेन द्वारा   स्वोर्गीय नेता किशुनजी प्रति हार्दिक श्रन्दानजली ब्यक्त   गर्दछौ /
जगन्नाथ डाँडा कटेरी  
अध्यक्ष तथा सम्पूर्ण नेपाली समाज समिति परिवार  -स्पे

Wednesday, February 9, 2011

नेपाल तामाङ समाज पोर्तुगलको स्थपना

बिदेशमा रहेर पनि आफ्नो तामाङ जातिय चाडपर्ब र सस्क्रितीलाई निरन्तर दिने उदेश्यले "नेपाल तामाङ समाज पोर्तुगलको स्थपना गरिएको छ। साथै लिस्बोन सहरमा अबस्थित गोर्खा प्यालेस मा २८४७ औ तामाङ "ह्योइ ल्होछार" (खरायो वर्ग) नयाँ बर्ष पोर्तुगल बासि तामाङ समुदायहरुको  सह्भागिता संगै "ल्होछार शुभकामना" आदान प्रदान समेत गरिएको छ।  
नेपाल तामाङ समाज पोर्तुगलआफ्नो जातिय भाषा, लिपी, धर्म, कलासाहित्य र संस्क्रितीको जगेर्ना गरौ " भन्ने मुल नाराको साथ समाज सोम तामाङको संयोजकत्वमा नेपाल तामाङ समाज पोर्तुगल स्थपना गरियको छ । समाज को उपाध्क्ष्यमा मा मिन तामाङ  र सुक पाख्रिन रहनु भएको छ  सचिब मा सोनाम  योन्जन र निरज  योन्जन कोशध्यक्ष मा काजी तामाङ साथै सदस्यहरुमा  नाम्गेल लामाडीवी लामा, मिन मोक्तान राजेन्द्र लामा, दिल्लीसेर तामांग सल्हाकारमापल जोर लामा, सुमन वाइबा र दावा पाख्रीन रहनु भएको छ।

Saturday, January 1, 2011

पोल्याण्डबाट मृतकका परिवारलाई आर्थिक सहयोग

मित्रलाल पार्दे, पोल्याण्ड । एनआरएनए  पोल्यान्ड एबम पोल्यान्डमा बस्ने नेपालीहरुबाट  केहि महिना अघि पोल्याण्डमा मृत्यु भएका  बसन्त रन्जितका परिवारलाई २५ हजार आर्थिक सहयोग गरिएको छ ।
 एनआरएनए पोल्याण्डका  अध्यक्ष बोधराज सुवेदिले १३ डिसेम्बरका दिन पोखरामा मृतक बसन्त रन्जितकी श्रीमती  कमला रन्जितलाई २५ हजार नेपाली आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको थियो ।