गैर-आवासिय नेपाली संघ (एन आर एन) स्पेनको दोश्रो अधिवेशन यहि २०११ मे २९ तारिख
आईतवार स्पेनको बार्सिलोनामा हुन गैरहेको छ। निर्वाचन समितिको कार्यतालिक अनुरुप
हिजो मे १९ तारिख सम्ममा बिभिन्न पदका लागि उम्मेदबारी दर्ता र तत्पश्चात
उम्मेदबारीमाथीको दाबी बिरोध रहेको थियो। समन्वय समितिको पहल र यहाँ रहेका अन्य
संस्थाहरुको सक्रियतामा एन आर एन स्पेनको आगामी कार्यसमितिका लागि हरेक पदका लागि
१/१ वटा दर्खास्त परेकाले र सो उम्मेदबारीको दरखास्त उपर कुनै पनि दावि बिरोध
नआएकाले निर्वाचन समितिका संयोजक श्री एकराज गिरीले १७ जनाको उम्मेदबारी निर्बिरोध
निर्वाचित भएको घोषणा गर्नु भयो। जस अनुरुप -
(१)अध्यक्ष :- श्री अर्जुन प्रसाद काफले
(२) उपाध्यक्ष :- श्री प्रकाश तिमिल्सिना
(३)उपाध्यक्ष :- श्री बाबुकृष्ण कंडेल
(४) महा-सचिव :- श्री बिष्णु रिजाल
(५) सचिव :- श्री प्रदिप कंडेल
(६) कोषाध्यक्ष :- श्री केदारनाथ ढुंगाना
(७) सदस्य :- श्री चिन्तामणी सापकोटा,
(८) सदस्य :- श्री उमेश अधिकारी,
(९) सदस्य :- श्री राजु थापा,
(१०) सदस्य :- श्री यमबहादुर गुरुङ (प्रेम),
(११) सदस्य :- श्रीमती गंगादेवी शर्मा,
(१२) सदस्य :- श्री बलबहादुर कार्की,
(१३) सदस्य :- श्री भोजराज सापकोटा,
(१४) सदस्य :- श्री बिबेक सापकोटा,
(१५) सदस्य :- श्री बलराम वाग्ले,
(१६) सदस्य :- श्री कृष्णप्रसाद खनाल
(१७) सदस्य :- १ जना महिला सदस्यको पदमा समन्वय समितिका तर्फ बाट प्रतिनिधित्व हुन
अझै बाँकी रहेको छ।
आइ सी सी सदस्य :- श्री पुष्पराज तिमिल्सिना (अन्तराष्ट्रिय समन्वय परिषदका लागि
स्पेनका तर्फ बाट)
आगामी कार्यसमितीद्वारा निर्णय गरिने भनिएका युवा प्रतिनिधि र महिला प्रतिनिधि मध्य
युवा प्रतिनिधिमा प्रकाश अधिकारी हुनुहुन्छ।
एकराज गिरी
निर्वाचन समिति संयोजक
एन आर एन स्पेन (दोश्रो अधिबेशन),
बार्सिलोना, स्पेन।
सन २०११ मे २० तारिख शुक्रबार
No comments:
Post a Comment