Thursday, May 12, 2011

स्पेन मा पनि भूकम्प ३००० व्यक्ति घरबार बिहिन

केहि समय अगाडी जापान मा गएको विनासकारी भूकम्प पछि स्पेन मा पनि हिजो राति भूकम्प जानु का साथै हजारौ घर बार बिहिन भएका छन् . गए राति स्पेन को मुर्सिया जिल्ला अन्तर्गत पर्ने लोर्का मा एक सानो भूकम्प गए लगत्तै अर्को भूकम्प गयो जसले गर्दा रात भरि २०,००० मानिस डर र त्रास ले रात भरि बाहिर सुत्न बाध्य भएका थिए .माड्रिड ,सेबिय्या , भेलान्सिया मा सामान्य मात्रामा भूकम्पको झड्का मात्र गएको र लोर्का मा केहि समय सम्म भूकम्प गएको कारण ले घर हरु भत्कनु का साथै धन जन को क्षेती हुन पुगेको स्थानीय व्यक्ति खुवान फेर्नांदे पालोमारे ले बतानु भएको थियो साथै करिब ४ बर्ष पहिला पनि लोर्कामा भूकम्प गएको बताईएको छ . हिजो राति लोर्का मा भूकम्प पिडित व्यक्ति हरुको उद्दार का लागि हेलिकप्टर का साथ् २७ ईम्बुलेंस , ३४० आर्मी ,स्थानीय प्रहरी रेडक्रस हरु व्यस्त देखिन्थे .भूकम्प पिडित पक्ष लाई सरकार द्वारा क्षेती पूर्ति गरेनी कुरा आज प्रकाशित स्थानीय पत्रिका हरुमा उल्लेख गरिएको छ उक्त भूकम्प पिडित ३००० व्यक्ति हुन पुगेका छन् भने ९ को मिर्तु भएको छ जसमा ४ पुरुष ४ महिला (जसमा २ गर्भवती) र १ बच्चा रहेको रेडक्रस बाट थाहा हुन आएको छ ३००० हजार व्यक्ति को लागि अस्थाई बसोबास र खाना पिन को लागि सक्दो रुपमा रेडक्रस लागि परेको छ अन्य सरसफाई र व्यस्थापन मा नगरपालिका सहित पुलिस खटिएका छन् उक्त भूकम्प मा भत्किएका घर हरु अधिकांस पुराना घर हरु रहेका छन पिडित पक्ष साउथ अमेरिकन र मोरोक्किस हरु रहेको स्थानी एफ एम रेडियो ले जनाएको छ .
जगन्नाथ डाँडा कटेरी
मुर्सिया , स्पेन

No comments:

Post a Comment