Sunday, November 28, 2010

रूसमा दक्षिण एशिया अनुसन्धान केन्द्रको शिलान्यास

कृष्णप्रकाश श्रेष्ठ । मास्को, २४ नोभेम्बर २०१० (मङ्गलवार) । नयाँ रूसमा स्थापित रसियाली राजकीय मानविकी विश्वविद्यालय (ररामावि) अन्तरगत मास्कोमा दक्षिण एशिया अनुसन्धान केन्द्रको शिलान्यास भएको छ । यस विश्वविद्यालयको विद्वत्परिषद् कक्षमा उक्त केन्द्रको उद्घाटन समारोहमा रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठान तथा मास्को राजकीय विश्वविद्यालयअन्तर्गत एशिया-अफ्रिका अनुसन्धान संस्थान लगायत मास्कोका विभिन्न अनुसंधान केन्द्रहरूका विद्वान्-विदुषीहरूका साथै दक्षिण एशिया (भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश तथा नेपाल) का विद्वान् तथा कूटनीतिज्ञहरू र रसियाली पत्रकार, कलाकार, जनप्रतिनिधि एवं शोधार्थीहरूको पनि समुपस्थिति रहेको थियो ।  

प्रसिद्ध भारतविद् सेर्गेइ सेरेभ्य्रान्नीद्वारा संचालन गरिएको अनुसन्धान केन्द्र उद्घाटन समारोहमा रसियाली राजकीय मानविकी विश्वविद्यालय कुलपति एफिम ओसिफोभिच पिओभारोभले दक्षिण एशिया अनुसन्धान केन्द्रको स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै  समारोहमा उपस्थित  महानुभावहरूलाई सधन्यवाद हार्दिक स्वागत गर्नुका साथै सबैलाई आ-आफ्नो मन्तव्य प्रस्तुत गर्न आह्वान गर्नुभयो । सर्वप्रथम पाकिस्तानका राजदूत महोदयले दक्षिण एशियाको पुरानो र नयाँ रूपको अवधारणाबारे विस्तृत प्रकाश पार्दै वर्तमान समयमा दक्षिण एशियामा द्रुततर विकास भइरहेको परिप्रेक्ष्यमा नयाँ रूपान्तरणको प्रक्रिया चलिरहेको चर्चा गर्नुभयो र सार्कअन्तर्गतका सबै देशहरूका साथै अफगानिस्तानलाई पनि दक्षिण एशियाअन्तर्गत नै मानेर रूसका विद्वान्हरूद्वारा अनुसन्धान कार्यलाई अघि बढाउँदा यी देशहरूको बहुमुखी अध्ययनबाट सबै लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

भारतीय राजदूतावासअन्तर्गत जवाहरलाल नेहरू सांस्कृतिक केन्द्रका निर्देशकले प्राच्यविद्या संस्थानमा कार्यरत भारतवर्षअनुसन्धान केन्द्रको समेत सहभागितामा रूसमा भारतीय साहित्य, कला, संस्कृतिको प्रचार-प्रसारमा गरिने कार्यहरूको चर्चा गर्दै दुइ देशबीथ सांस्कृतिक आदानप्रदानको परिणामबारे बताउनुभएको थियो भने श्रीलङ्काका सांस्कृतिक सहचारीले दक्षिण एशिया अनुसन्धान केन्द्रको स्थापनाबाट पारस्परिक समझदारी बढ्ने विश्वास जनाउनुभएको थियो । समारोहमा उपस्थित अन्य विद्वान्-विदुषीहरूले पनि दक्षिण एशिया अनुसन्धान केन्द्रको स्थापनाको सन्दर्भमा सकारात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।

रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तर्गत भारतवर्षअनुसन्धान केन्द्रकी प्रमुख डा. तात्याना शाउम्यानले दक्षिण एशियाका मुलुकहरूको व्यापक अध्ययनका लागि मास्कोमा अर्को एउटा अनुसन्धान केन्द्रको शिलान्यास हुनु निकै महत्वपर्ण भएको उल्लेख गर्दै दुवै अनुसन्धान केन्द्रहरूले हातेमालो गर्दै यी देशहरूको गहन अध्ययन गर्ने सम्भावना पाइने कुरा जनाउनुभयो ।

रेडियो रूसको दक्षिण एशिया विभागकी प्रमुख इरीना माक्सिमेन्कोले रेडियो प्रसारणबाट  दक्षिण एशियाका देशहरूमा रहेका श्रोताहरूले रूसको बारेमा पर्याप्त जानकारी हासिल गर्दै आएको जनाउनुका साथै हाल रूसबाट हिन्दी, उर्दु र बंगालीमा प्रसारण जारी रहेको जानकारी दिनुभयो र रूसबाट विदेशी भाषामा रेडियो प्रसारणको ८० वर्षको सन्दर्भमा प्रकाशित अल्बम उपहार प्रदान गर्नुभयो ।

नेपालको प्रतिनिधित्व गर्दै बोल्ने मौका पाउने यस पंक्तिकारबाट पनि दक्षिण एशिया अनुसन्धान केन्द्रको शिलान्यास समारोहमा उपस्थित हुने सुअवसर प्राप्त भएकोमा हर्ष व्यक्त गर्नुका साथै प्राच्यविद्या संस्थानको सक्रियतामा नेपाली राजदूतावासमा अक्टोबरको अन्त्यतिर नेपाल, भारत, श्रीलङ्का र बर्माको यात्रा गर्ने रूसी प्राच्यविद् इभान मिनाएभको १७०-यौं जन्मजयन्तीको उपलक्ष्यमा काव्यात्मक वैज्ञानिक सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै भर्खरै अस्तित्वमा आएको दक्षिण एशिया अनुसन्धान केन्द्रको क्रियाकलापबाट हाम्रा देशहरूबीच समझदारी र मैत्री सम्बन्धको विकासमा ठूलो योगदान पुग्ने कुरामा जोड दिइएको थियो र पछिल्लो समयमा मास्कोबाट प्रकाशित नेपालविषयक केही पुस्तकहरू पनि ररामाविअन्तर्गत दक्षिण एशिया अनुसन्धान केन्द्रका लागि  उपहारस्वरूप हस्तान्तरण गरिएको थियो ।
समारोहको औपचारिक खण्डको समाप्तिपश्चात् रसियाली कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा भारतीय नृत्यलगायत विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।
रूसको राजधानीमा रसियाली राजकीय मानविकी विश्वविद्यालयअर्न्तर्गत दक्षिण एशिया अनुसन्धान केन्द्रको स्थापनाबाट नेपाललगायत सार्कका देशहरूको भाषा, साहित्य, धर्म, जनजीवन, अर्थतन्त्र, संस्कृति, कलाको व्यापक अध्ययनबाट प्रकाशमा आउने कृतिहरूले रसियालीहरूलाई नेपाललगायत दक्षिण एशियाका मुलुकहरूको बारेमा राम्रो बोध गराउनुका साथै पारस्परिक समझदारी र मैत्री सम्बन्धको विकासमा गहकिलो योगदान पुग्न जाने कुरा निर्विवाद छ ।

मास्कोमा दक्षिण एशिया अनुसन्धान केन्द्रको शिलान्यासको एक प्रत्यक्ष्यदर्शीको हैसियतले रूसमा रहेका नेपालीहरूको तर्फबाट यो पंक्तिकार रसियाली विद्वान्-विदुषीहरूलाई नेपालको पनि गहन अध्ययन-अनुसन्धानमा सफलता प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछ ।
मास्को, रूस महासंघ ।

Monday, November 8, 2010

सांस्कृतिक कार्यक्रममा ईतिहास तोडने क्रम जारी

सागर श्रेष्ठईतिहास तोड्ने होडबाजी जुनसुकै क्षेत्रमा हुदो रहेछ । साउदी अरेविया…… सायद कसैले पनि सोचेको थिएन होला नेपालबाट कलाकारहरु झिकाएर सांस्कृतिक कार्यक्रम गर्छ भनेर । त्यो ईतिहास रियादमा रहेको एक संस्था युनाईटेड नेपालीज सोसाईटीले तोडेर देखाई दियो । नेपालबाट पहिलो पटक कलाकारहरु झिकाएर संस्कृतिक कार्यक्रम गरेर देखायो । जुन प्रशंशनिय कार्यको थालनी भयो । आजको दिन सम्म आईपुग्दा सांस्कृतिक कार्यक्रममा धेरै ईतिहासहरु तोडेको छ ।

दोस्रो बर्ष भएको कार्यक्रम रियादमा मात्र नभएर दमाम सम्म आई पुग्यो फेरी अर्को इतिहास तोड्यो । यो वर्षको रमाजानमा एनआरएनए साउदी अरेवियाले सांस्कृतिक कार्यक्रम आयोजना गर् यो अर्को इतिहास तोड्यो त्यो के भने एक कलाकारहरु साउदीमा मात्र सिमित कार्यक्रम नदेखाई बहराईनमा पनि देखाउन पुग्यो र अर्को प्रशंशनिय कार्य भनेको सांस्कृतिक कार्यक्रमबाट भएको नाफा सामाजीक क्षेत्रमा प्रयोग गर्ने जानकारी प्राप्त सार्वजनिक छ ।


अर्को ईतिहास तोड्ने क्रममा यस बर्ष दुई पटक सांस्कृतिक कार्यक्रम हुने भएको छ । पहिलो पटक ३ ओटा संस्था नेपाल आदिबासी जनजाति महासंघ हेल्प नेपाल नेटवर्क र प्रवासी नेपाली सेवा समिति जेद्वा मिलेर कार्यक्रम गर्ने भएको छ । पछिल्लो पटक आयोजकहरुले दिएको जानकारी अनुसार कार्यक्रम तयारी अन्तीम चरणमा पुगेको छ । यस पटकको कार्यक्रममा उल्लेख्य दर्षकहरुको उपस्थिति रहने जानकारी दिएको छ । साथै पहिलो पटक उल्लेख्य महिला दिदीबहिनीहरु प्नि यस कार्यक्रम हेर्न आउने जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार यस पटक सुरक्षा ब्यबस्था एकदमै कडा पारिएको छ । कार्यक्रम स्थल सम्म विभिन्न स्थानबाट यातयातको ब्यबस्था गरिएको छ । कार्यक्रम ठिक समयमै साचालन गर्ने भएको छ । ८० प्रतिशत भन्दा बटी टिकट बिक्री भईसकेकोले उक्त कार्यक्रमको दिन टिकट लीउला भनेर बस्नेहरुले टिकट नपाउने सम्भावना छ । धेरै संघ संगठनको सहभागीतार सहयोग भएकोले कार्यक्रम भब्य मनोराजनपुर्ण वबतावरणमा हुने आयोजकको दाबी छ । राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु भएकैले सबैको चासोको विषय भएको छ यस पटकको कार्यक्रम छुटाउनुहुदैन । फेरी यो कार्यक्रमबाट भएको आमदानी पनि सामाजीक क्षेत्रमा लगाउने भएकोले र नेपाल पर्यटन वर्षको प्रचार प्रसार गर्ने भएकोले साथ साथै यस पटक प्रबेस पासको रकम पनि न्युनतम रहेको छ । जम्मा ५५ साउदी रियालमा गाडीको सुविधा सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिहरु लाईभ हेर्न पाउने भएको छ ।


आयोजकहरुले पहिले अरु संस्थाहरुले गरेको कार्यक्रममा जस्तो पछि टिकट लीउला भनेर नबस्न आफ्नो लागी छिटै प्रबेस पास लिन अनुरोध गरेको छ ।

Tuesday, November 2, 2010

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश बेल्जियममा आउदै

एकिकृत न्ोपाल कम्युनिष्ट पार्टी माओवादीका उपाध्यक्ष तथा वरिष्ठ नेता क। नारायणकाजी श्रेष्ठ प्रकाश केहि दिनको लागि बेलायतको औपचारिक भ्रमणको शिलशिलामा यूरोपमा आउनु भएको छ । उहाकॊ यो यूरोप भ्रमणको शिलशिलामा नेपाली जनप्रगतिशील मंच बेल्जियमको आयेाजनामा नेपालको ूवर्तमान राजनैतिक संकटको समाधान सहमतिय सरकार र नयाँ संविधान ूविषयक वृहत अन्तरकि्रया कार्यक्रम उहांको विशेष उपश्थितिमा सम्पन्न हुन गैरहेकोले यस अवसरमा यहि ०६ नोभेम्बर शनिवार २०१० का दिन १२ः३० बजे बेल्जियमको आन्तवयरपेन शहरको ीबलनकतचबबत ज्ञण्द्द द्ययचनभचजयगतद्दज्ञद्धण् मा सम्पूर्ण वेल्जियमबासी नेपाली दाजुभाई दिदीबहिनी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा महानुभाबहरु त्ाथा अन्यलाई उक्त कार्यक्रममा उपश्थित भईदिई अन्तरकि्रयामा सहभागी भइदिनु हुन अनुरोधका साथ आव्हान गरिएको छ ।

Thursday, October 28, 2010

विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा

गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो ।
शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भने इन्द्र पकवान क्षेत्रि र ओम शर्मा सल्लाहकारमा चयन हुनु भएको छ ।
महासंघका केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने शाखाको तर्फबाट केन्द्रिय प्रतिनिधि रहनुभएको छ । समितिको थप पदाधिकारीहरु पछि थप गरिने जनाइएको छ । लुभेनमा रहेको एभरेष्ट वेष्टक्याम रेष्टुरेण्टमा सम्पन्न उक्त भेलाका सहभागिहरुलाई प्रोपाइटर अनन्त गुरुङले खानपीनको सौजन्य गर्नु भएको थियो ।
रसिया, अमेरिका, वेलायत, मलेशिया, साउदी अरेबिया र नेपालमा यस महासंघको शाखा निर्माण भईसकेको छ भने बेल्जियम शाखा महासंघको नवौ शाखा बनेको छ । विश्वभरका विभिन्न मुलुकहरुमा यस साहित्य महासंघ तीब्र गतिमा विस्तार हुदै गएको छ । नव गठित समितिलाई हार्दिक बधाई ।

Wednesday, October 6, 2010

युएई व्यापी भलिवल प्रतियोगिता हुने

टेक थजाली, यूएई - प्रथम सहिद लखन थापा मगरको स्मृतिमा युएई व्यापी भलिवल प्रतियोगिता हुने भएको छ।

Saturday, September 18, 2010

कुवेतमा बेपत्ता आमाखोज्दै स्कुले ठिटो

सिन्धुपाल्चोक जिल्लाको ऐसेलुखर्क    उच्च माध्यामिक   बिद्यालायमा ११ कक्षामा अध्ययनरत कुमार तामाङ  हराएकी आमा खोज्न कुवेत आएका छन ।
सिम्पलकाभ्रे  बेसरी २  निवासी  कुमार तामाङकी  ४२ बर्षिय आमा समाइ लमेनी कुवेतमा वेपत्ता  छन । २००६ मा बैदेशीक रोजगारिको कुवेत पुगेकी लमेनीलाई नेपालबाट राजु खडकाले पठाएका हुन र कुवेतमा राम बहादुर तामाङले कुवेती शाहुको घर सम्म पुराएका हुन ।
 १७ महिना कामगरे पश्चात साहुको  घरबाट भागी गैरकानुनी भएको एजेन्ट राजु खडका र राम बहादुर बताउछन, तर समाइ लेमेनीले घरबाट हिंडे देखी कहिलेपनि परिवार सँग संपर्क गरिनन कुवेत पुगेको नपुगेको, मरेको वा जिउदो परिवारलाई केही थाहा नभएको छोरा कुमारले बताए । आफु १४ बर्षको नाबालक हुँदा मुगलान  पलायन भएकी आमाको ५ बर्ष बितीसक्दा पनि कुनै खबर नपाएपछी खोजिमा निस्केका हुन । आफ्नी  आमालाई रोजगारीको लागि कुवेत पुराउने गाउकै एजेन्ट राम बहादुर तामाङ्को सहयोगबाट कुवेत पुगेका हुन ।
आमाको सास वा लास लैजान कुवेत पुगेका  १९ बर्षिय स्कुले ठिटोलाई कुवेतमा पनि केही हात लागेन । उनी अचम्मित  र बिच्चलित छन । कुबेतमा १५ दिन सम्म खोजी गर्दापनि केही अत्तोपत्तो  चलेन । नेपाली दूताबास कुवेत, संघ संस्था र मिडिया सँग आमा खोजिदिने गुहार लगाए तर केही खबर पाउन सकेनन उनले  । पाए त  थपिएको पिडा त्यही  लिएर नेपाल फर्कदै छन । उनी सँग उत्तर  छैन । के भन्नु घर गएर ? कहाँ छन त आमा यो संसारमा छन कि छैनन्  ।
अन्यौलमा  परेका कुमार तामङ्को दु:ख र पिडा यती मात्र छैन । “भाबीले लेखेको वा कर्मले ठगेको” आमा विदेशी भए  लगतै साउदी अरब पुगेका बाबु पनि कुनै कारणबस ४ बर्ष सम्म जेल परेछन । आमा र बाबुले बिदेशबाट पैसा पठाउने आसमा बसेका तामङ्ले पैसा त  पाएनन्  पाएनन्  बाबु साउदी अरबको जेलमा नरकी  जिबन बिताएको खबर पाए । बाबुको उद्दारको लागि आमाको आसमा बस्दा बस्दै ५ बर्ष वित्यो  तर आमाको कुनै  खबर आएन कुवेतमै बेपत्ता  छन । आमा र बाबुलाई एउटै एजेन्टले बिदेश पठाएको  रहेछ ।
चार छोराछोरी मध्य कुमार तामाङ जेठो छोरा हुन । उनी भन्दा साना तीन बहिनीहरु छन । उनिहरुको स्यार -सुसार  गर्ने जिम्मेबारी पनि उठाउनु परेको छ। पढेर भबिश्यमा नेपालमै सरकारी जागिर खाने सपना बोकेका तामाङ्लाई कुवेतमा जागिर र भिषाको ब्याबस्था मिलाई दिन्छौ काम गर भनी एजेन्टले दिएको अफर उनले स्विरारेनन  । उनीले भने आध पेट खान्छु फाटेको टालेको लगाउछु तर मेरो आमा बुवा खोस्ने बिदेशमा नोकारी गर्दिन र मेरो बहिनीहरु एक्लै हुन्छन ।
तामाङ्को दु:खमा केही हद सम्म भएपनि मलाम लगाउनको लागि  आमा खोज्न कुवेत पुग्ने टिकेट भिषा खान बस्ने प्रवन्ध  राम बहादुर तामङ्ले मिलाएका  थिए । राजु खडकाले १०० कुवेती डिनर नगद  र  एक थान ल्यापटप  सहयोग गरेका छन । त्यस्तै नेपाल कुवेत म्यानपावर असोसिशनले पचास हजार एक रुपैया नगत सहयोग गरेको छ ।
यसैगरी सोही कार्यक्रका अवसरमा पर्वत प्रवासी समाजले सनिवारनै विभिन्न रोगको उपचारका लागि अस्पतालमा भर्ना भई उपचाररत विरामीलाई जुस तथा फलफुल बितरण गरेको थियो । भने समाजले शनिवरै एक पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो सहयोगको रासी ठुलो नभए पनि संसार भरि रहेका पर्वतेलीहरुलाई आफ्नो ठाउंमा सहयोग गर्न प्रेरणा मिल्ने वताएको छ । समाजका सल्लाहकार संजीव चापागाईले भोलीका दिनमा समाजले आफ्नो जन्मथलोको स्वास्थ्य तथा शैक्षिक क्षेत्रको विकासमा प्रभावकारी भुमिका खेल्ने पनि बताउनुभयो । पर्वत वाट कोरिया पुगेका युवाहरुको सत्रियतामा दुईबर्षअघि गठन भयको पर्वत प्रवासी समाज दक्षिण कोरियामा एकसय ५० युवाहरु आवद्ध भएको समाजका सल्लाहकार चापागाईले जानाकारी दीनुभयो । समारोहमा समाजका तर्फवाट कलाकार लोक पुनले एक गीत समेत गाउनु भएको थियो । समारोहमा कोरिया वाट फर्केका समाजका सदश्यहरुको पनि वाक्लो उपस्थीती थियो ।

Tuesday, September 7, 2010

भव्यताका साथ रमाईलो तीज कार्यक्रम २०६७ को तयारी-सानु लामा

दोहा कता

प्रवासी नेपाली चेलीहरुले कतार मै पहिलो पटक संयुक्त रुपमा माहिलाहरुको महान पर्व हरितालिका तीज को अवसरमा वृहत रुपमा रमाईलो तीज कार्यक्रम -२०६७ भव्यताका साथ तयारी भैसकेको छ ।


यही मुस्लामनहरुको ईद अलफितरको पहिलो दिन आयोजना गर्न लागेको रमाईलो तीज कार्यक्रम -२०६७ को पुरा तयारी भई सो को लागि सवै तिरवाट तयारी मा रहेको जानकारी सो कार्यक्रमका संयोजक श्रीमती सावित्री गिरीले वताउनु भयो । कार्यक्रम दोहा सिटि प्यालेसमा विहान ११ वजे को दर खानेबाट सुरु हुने कार्यक्र्रम वेलुकै सम्म चल्ने कार्यक्र्रममा विभिध साँस्कृतिक कार्यक्र्रम हरुको पनि आयोजन गरिएको कार्यक्रममा नेपाली दुतावासकतार का महामहीम को प्रमुख आथिथ्य रहने छ भने दोहामा कार्यरत करिव १०० नेपाली फेमिलि को साथसाथै विभिन्न कम्पनी मा कार्यरत ४०० भन्दा वढी चेलीहरु को साथमा कतारमा स्थापित ११० नेपाली संघसस्थाहरुको पनि उपस्थिति रहने जानकारी पनि संयोजक ले वताउनु भयो ।
वैदेशि रोजगारको सिलसिलामा खाडी राष्ट्रमा आएका जो कोही नेपाली माहिलाहरुलाई सवैले अलि नराम्रै र संकोचले हेरिने हुदा र वास्तम्मै पनि उनिहरुले कम्पनीमा होस या त घर र्मै कार्यरत किन नहोस् धेरै यातना र पीडा खेप्नु परेको ले कतारमा कार्यरत करिव पाँच हजार को हारहारी मा रहेका नेपाली चेलीहरु हामी बाध्यताले गर्दा विश्वको जुनै सुकै कुनामा रहे पनि आफ्नो नेपाली भाषा र कलालाई भुल्नु हुन्न भनि प्रश्टा पार्नुहुन्न कार्यक्रमकी प्रमुख सल्लाहाकार चुना पन्त साथै खाडीका चेलीहरु अरु चेलि सरह नै हुन खाली अवसरको खोजीमा छौ हामी पनि अरु भन्दा कम छैनौ भन्नु हुन्छ कार्यक्रमकी उद्घोषिका तथा नयिका कोपीला कार्की भने सवै एक भई लागेको अन्य चेलीहरुको एउटै आवाज थियो । अझ सरल भाषामा भन्नु पर्दा यो अरव को देशमा त्यसमा पनि महिलाहरुको प्रश्तुति हुदा धेरै कुराहरुलाई चुनौती दिदै कार्यक्रम गर्नु परेको कर्यक्रमकी व्यवस्थापका ईन्दिरा कुईकेल को थियो । अझ यो कार्यक्रमको खास कुरा के छ भने सबै कर्यक्रमको सवै फाटमा र पदमा नेपाली माहिला र चेलीहरुले सम्हाली गरेकोले के नया उमंग ल्याएको छ भने यो कार्यक्रम भोलीका दीनमा उधारणीय वन्ने विश्वास पनि छ ।