Wednesday, October 6, 2010

युएई व्यापी भलिवल प्रतियोगिता हुने

टेक थजाली, यूएई - प्रथम सहिद लखन थापा मगरको स्मृतिमा युएई व्यापी भलिवल प्रतियोगिता हुने भएको छ।

नेपाली मगर संघ दुबई क्षेत्रिय समितिको आयोजनामा मगर हरुको मिनाम ल्हेस (नया बर्ष) र मुस्लिम हरुको बक्रीईदको अवशर पारेर नोभेम्बर १९ र २०, २०१० बलदिया खेल मैदान अलकुज दुबईमा सो प्रतियोगिता हुने भएको हो।आयोजक समितिले एक सुचना पत्र मार्फत युएई वासी भलिवल खेल प्रेमीहरुलाई आ-आफ्नो टिम दर्ता समयमै गराउन अनुरोध समेत गरेको छ।

स्मरण रहोस सन २,००८ बाहेक स्थापनाको हरेक बर्ष समितिले  भलिवल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्दै आईरहेको छ । औपचारिक रुपमा सन २,००५ मा आयोजक समितीको गठन भएको हो।

No comments:

Post a Comment