सागर श्रेष्ठ - ईतिहास तोड्ने होडबाजी जुनसुकै क्षेत्रमा हुदो रहेछ । साउदी अरेविया…… सायद कसैले पनि सोचेको थिएन होला नेपालबाट कलाकारहरु झिकाएर सांस्कृतिक कार्यक्रम गर्छ भनेर । त्यो ईतिहास रियादमा रहेको एक संस्था युनाईटेड नेपालीज सोसाईटीले तोडेर देखाई दियो । नेपालबाट पहिलो पटक कलाकारहरु झिकाएर संस्कृतिक कार्यक्रम गरेर देखायो । जुन प्रशंशनिय कार्यको थालनी भयो । आजको दिन सम्म आईपुग्दा सांस्कृतिक कार्यक्रममा धेरै ईतिहासहरु तोडेको छ ।
दोस्रो बर्ष भएको कार्यक्रम रियादमा मात्र नभएर दमाम सम्म आई पुग्यो फेरी अर्को इतिहास तोड्यो । यो वर्षको रमाजानमा एनआरएनए साउदी अरेवियाले सांस्कृतिक कार्यक्रम आयोजना गर् यो अर्को इतिहास तोड्यो त्यो के भने एक कलाकारहरु साउदीमा मात्र सिमित कार्यक्रम नदेखाई बहराईनमा पनि देखाउन पुग्यो र अर्को प्रशंशनिय कार्य भनेको सांस्कृतिक कार्यक्रमबाट भएको नाफा सामाजीक क्षेत्रमा प्रयोग गर्ने जानकारी प्राप्त सार्वजनिक छ ।
अर्को ईतिहास तोड्ने क्रममा यस बर्ष दुई पटक सांस्कृतिक कार्यक्रम हुने भएको छ । पहिलो पटक ३ ओटा संस्था नेपाल आदिबासी जनजाति महासंघ हेल्प नेपाल नेटवर्क र प्रवासी नेपाली सेवा समिति जेद्वा मिलेर कार्यक्रम गर्ने भएको छ । पछिल्लो पटक आयोजकहरुले दिएको जानकारी अनुसार कार्यक्रम तयारी अन्तीम चरणमा पुगेको छ । यस पटकको कार्यक्रममा उल्लेख्य दर्षकहरुको उपस्थिति रहने जानकारी दिएको छ । साथै पहिलो पटक उल्लेख्य महिला दिदीबहिनीहरु प्नि यस कार्यक्रम हेर्न आउने जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार यस पटक सुरक्षा ब्यबस्था एकदमै कडा पारिएको छ । कार्यक्रम स्थल सम्म विभिन्न स्थानबाट यातयातको ब्यबस्था गरिएको छ । कार्यक्रम ठिक समयमै साचालन गर्ने भएको छ । ८० प्रतिशत भन्दा बटी टिकट बिक्री भईसकेकोले उक्त कार्यक्रमको दिन टिकट लीउला भनेर बस्नेहरुले टिकट नपाउने सम्भावना छ । धेरै संघ संगठनको सहभागीतार सहयोग भएकोले कार्यक्रम भब्य मनोराजनपुर्ण वबतावरणमा हुने आयोजकको दाबी छ । राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु भएकैले सबैको चासोको विषय भएको छ यस पटकको कार्यक्रम छुटाउनुहुदैन । फेरी यो कार्यक्रमबाट भएको आमदानी पनि सामाजीक क्षेत्रमा लगाउने भएकोले र नेपाल पर्यटन वर्षको प्रचार प्रसार गर्ने भएकोले साथ साथै यस पटक प्रबेस पासको रकम पनि न्युनतम रहेको छ । जम्मा ५५ साउदी रियालमा गाडीको सुविधा सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिहरु लाईभ हेर्न पाउने भएको छ ।
आयोजकहरुले पहिले अरु संस्थाहरुले गरेको कार्यक्रममा जस्तो पछि टिकट लीउला भनेर नबस्न आफ्नो लागी छिटै प्रबेस पास लिन अनुरोध गरेको छ ।
No comments:
Post a Comment