Thursday, August 30, 2012

बढेको बढ्यै छ पोर्चुगलको बेरोजगारी। -भीम के सी कमल

लिस्बन, २९ अगष्त
खुकुलो अध्यागमन नितिले आप्रवाशीहरुको आकर्षक गन्तब्यको रुपमा रहेको तटीय गणराज्य पोर्चुगलमा हालको समयमा बेरोजगारी दर प्रति महिना बढेको बढ्यै भएको आधिकारिक तथ्यांकहरुले देखाएका छन्। पोर्चुगिस तथ्याङ्क बिभागबाट प्राप्त पछिल्लो जानकारी अनुसार जुलाइ महिनामा १५ प्रतिशत बेरोजगारी अभिलेखित भएको छ जुन हाल सम्मकै उच्च बेरोजगारी दर हो। सन् १९९८ देखि २०१२ सम्म औसत ७.२ प्रतिशत बेरोजगारी दर रहेकोमा सबभन्दा कम बेरोजगारी दर सन् २००२ को जुन महिना ३.७ प्रतिशत अभिलेख गरिएको थियो।
यी तथ्याङ्कहरुको आधारमा पोर्चुगल युरोपकै तेश्रो उच्च बेरोजगारी भएको मुलुकमा गत बर्ष देखि कायमै रहेको छ। उच्च बेरोजगारीको शिर्ष स्थानमा रहेको स्पेनमा २३.६ र दोश्रो स्थानमा रहेको ग्रीसमा २१ प्रतिशत (२०११ डिसेम्बरको तथ्याङ्क अनुसार) बेरोजगारी दर रहेको छ।
असफल आर्थिक निति लागु गरि पोर्चुगिस अर्थतन्त्रलाइ धाराशायी बनाएको आरोप लागेका २००५ मार्च १२ देखि निरन्तर प्रधानमन्त्री रहेका सोसलिस्ट पार्टिका जोसे सोक्रेटसको राजिनामा पश्चात २१ जुन २०११ मा प्रधानमन्त्री बनेका सोसल डेमोक्रेट पार्टीका पासोस कोइल्होको सरकारले तामझामका साथ आर्थिक सुधारका कार्यक्रमहरुको घोषणा गरे पनि स्थितिमा उल्लेख्य सुधार नआएको बिश्लेषकहरु बताउँछन्।
कुल गार्हस्थ उत्पादनमा सेवा (सर्भिस) क्षेत्रको ७४.८, उध्योग क्षेत्रको २२.८ र कृषि क्षेत्रको २.४ प्रतिशत योगदान रहेको पोर्चुगलमा युरोपमा फैलेको आर्थिक मन्दिसंगै पर्यटक आगमनमा भएको कमिले सेवा क्षेत्रमा परेको प्रभाबको कारणले बेरोजगारी दर बढेको प्रारम्भिक अनुमान आर्थिक बिश्लेषकहरुको रहेको छ।

बढ्दो बेरोजगारी र आर्थिक सुधारको नाममा सरकारले गरेका सुबिधा कटौती लगायतका कारणले पोर्चुगलमा रहेका करिब ५००० आप्रवासी नेपालीहरु समेत प्रभाबित बन्न थालेको समाजसेवी तथा ब्यबशायी मकर हमालले बताउनु हुन्छ।

महिनौसम्म काम नपाउने, कामको करारनामा नहुदा बसोबास अनुमति-पत्र (रेसिडेन्सी) लिन तथा नबिकरण गर्न समेत नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ कठिनाइ परिरहेको सन्दर्भमा पोर्चुगल स्थित संघसंस्था, ब्यबशायीहरु तथा रोजगारमा रहेका नेपालीहरु समेतले सहकार्य गर्दै प्राप्त रोजगारीका अवसरहरुमा नेपालीहरुलाई प्राथमिकता दिने बाताबरण बनाइ बर्तमान कठिन अबस्था पार गर्नु अत्याबश्यक देखिन्छ।

Tuesday, May 1, 2012

पोर्चुगिस राष्ट्रपति समक्ष ओहोदाको प्रमाण-पत्र प्रस्तुत गर्न राजदुत श्रेष्ठ पोर्चुगल आउदै।


-भीम के सी कमल
लिस्बन२९ अप्रील

फ्रान्स स्थित नेपाली राजदुतावासका आवाशिय राजदुत मोहनकृष्ण श्रेष्ठ पोर्चुगलका राष्ट्रपति अनिबाल आन्तोनियो काभाको सिल्भा समक्ष आफ्नो ओहोदाको प्रमाण-पत्र प्रस्तुतगर्न यहि अप्रील ३० तारिख पोर्चुगल आउनु हुने भएको छ।

पोर्चुगलका लागि समेत नेपालका गैर आवाशिय राजदुत रहेका श्रेष्ठले अन्य राष्ट्रका राजदुतहरुसंगै आगामि मे  तारिखका दिन राष्ट्रपति भबन पालासियो बेलेममा एकऔपचारिक समारोहका बीच आफ्नो ओहोदाको प्रमाण-पत्र प्रस्तुत गर्ने जानकारी राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको छ।

दुताबासका सहयोगी सहित पोर्चुगल आउनुहुने राजदुत श्रेष्ठद्वारा  दुताबासबाट हुने कन्सुलर सम्बन्धि कामहरु-नया पासपोर्ट बनाउनेनबिकरण गर्नेवारेसनामाकागजातप्रमाणिकरण लागायतका कामहरु एनआरएनको कार्यालयरोसियोमा  मे का दिन बिहान ११ बजे देखि दिउसो  बजेसम्म सम्पन्न हुने कार्यक्रम रहेको हुदा इच्छुकमहानुभावहरुले सो समयमा कार्यालयमा सम्पर्क गर्नु हुन एनआरएन पोर्चुगलका अध्यक्ष रमेश कुमार गुरुङले अनुरोध गर्नु भएको छ।

राजदुत श्रेष्ठको स्वागत सहित पोर्चुगलमा रहेका नेपालीहरुका बिबिध समश्याहरुको बिषयमा छलफल गर्न एनआरएन पोर्चुगलले  मे का दिन दिउसो ३.३० बजे पोर्चुगलमाअबस्थित संघसंस्थाहरु तथा सम्पुर्ण प्रबासी नेपालीहरुको सहभागितामा अन्तरकृया कार्यक्रमको आयोजना गरेकोले सम्पुर्ण पोर्चुगलवासी दाजुभाइ तथा दिदिबहिनिहरुलाईसहभागिताको निम्ति अनुरोध गरेको छ।

राजदुत श्रेष्ठको सम्मानमा गैर आवाशिय नेपाली संघ पोर्चुगल  पोर्चुगल नेपाल मैत्री संघले छुट्टाछुट्टै रात्रीभोजको आयोजना समेत गरेको जानकारी प्राप्त भएको छ।

पोर्चुगलमा रहेका नेपालीहरुका कुटनितिक समश्या समाधानार्थ लिस्बनमा अबैतनिक महाबाणिज्यदुतको नियुक्तिको निम्ति सर्बसम्मत सिफारिस गरेका पोर्चुगलवासी नेपालीसंघसंस्थाहरु तथा प्रवासि नेपालीहरुले राजदुतावासबाट सार्थक पहलको अपेक्षा सहित राजदुत श्रेष्ठको यो भ्रमणलाई अभिरुचिपुर्बक नियालि रहेका छन्।

Tuesday, March 27, 2012

पोर्चुगिस अध्यागमन नितिमा कडाइको संकेत।



-भीम के सी कमल
पोर्चुगिस अध्यागमन नितिमा कडाइको संकेत।
लिस्बन, २६ मार्च
 
पोर्चुगलका प्रधान-मन्त्री पेद्रो पासोस कोइल्होको अध्यक्षतामा २२ मार्चमा बसेको मन्त्री परिषदको नियमित साप्ताहिक बैठकले पोर्चुगिस अध्यागमन सम्बन्धी संशोधित कानुनको मस्यौदा स्विकृत गरेको छ। बैधानिक प्रवेश, बसोबास र अध्यागमनलाई ब्यबस्थित गर्दै अबैध आप्रवासीहरुलाई घर फर्काउने (डिपोर्टेसन) सम्बन्धमा हाल कायम रहेको ४ जुलाइ २००७ को कानुन नं २३/२००७ लाई परिमार्जन गर्न सो संशोधन प्रस्ताब स्विकृत गरिएको हो।
 
प्रस्तावित कानुनी ब्यबस्थामा गैह्र कानुनी आप्रवासिलाई काममा लगाउने कार्यलाई निरुत्साहित गर्न त्यसरी काममा लगाउने कार्यलाई आपराधिक कार्यको सूचीमा राख्ने ब्यबस्था गरिनुका साथै बैधानिकता प्राप्त गर्ने सजिलो माध्यमको रुपमा रहेको नक्कली(?) बिबाहका बिरुद्ध कडा रुपमा प्रस्तुत हुने ब्यबस्था गरिएको छ। आप्रवासन सम्बन्धी हाल कायम रहेको ४ जुलाइ २००७ को कानुन अनुसार पोर्चुगल अध्यागमन (सेफ) मा बैधानिकताको निम्ती आबेदन गर्नेहरुलाई बैधानिक रुपमा काममा राख्न सकिने ब्यबस्था थियो।
 
युरोपियन संसदबाट जारी भएको निर्देशक सिद्धान्त अनुसारको नया खालको रेसिडेन्सी कार्ड (युरोपियन ब्लु कार्ड) को ब्यबस्था सम्बन्धी दफा समेत उक्त संशोधनमा थप गर्न प्रस्ताब गरिएको छ।
 
अदक्ष आप्रवासीहरुको गैह्र कानुनी पोर्चुगल आगमनलाई निरुत्साहित गर्न युरोपियन युनियनबाट प्राप्त सुझाब अनुसार गर्न थालेको भनिएको यो संशोधनले पोर्चुगीस अध्यागमन नितिमा कडाइको संकेत गरेको छ।
 
लिगलाइजेसन, गैह्र कानुनी कामदार र नक्कली बिबाहलाई निरुत्साहित गर्न खोजेको उक्त संशोधनमा परिबार पुनर्मिलनलाई प्रभाबकारी बनाउन इन्स्टिच्युट अफ फेमेली रियुनुफिकेसनको स्थापना गर्ने र पोर्चुगलमा पुजी लगानी गर्ने आप्रबासीहरुलाई भने प्रोत्साहित गरिने ब्यबस्था प्रस्ताब गरिएको छ।

Friday, March 9, 2012

स्वर्गिय जनक खड्काको जर्मनी हाममा हिन्दू संस्कार अनुसार अन्त्यष्टी

टेक नेपाली, जर्मनी - आयो यो टप्प टिप्यो लग्यो, मिती पुग्यो टारेर टर्दैन त्यो ! जर्मनी वेष्टफालेन - मुनस्टर ल्याण्ड, क्राईस स्टाईन फर्ट स्थित नर्डवाल्डेमा असमायिक निधन हुनु भएको २१ बर्षिया जनक खड्काको जर्मनी वेष्टफालेन हामको अन्त्यष्टी गृहमा हिन्दू संस्कार अनुसार वैधिक अन्त्यष्टी गरिएको छ। बेल्जीयमबाट आउनु भएका पण्डित राम हरी शास्त्रीले वैधिक नियम अनुसार अन्त्यष्टी मन्त्र जप गरी परिवारजनबाट दाग बत्ती दिए पछी उपस्थित महानुभावहरुले श्रदान्जली अर्पण गर्दै अग्नीमा पार्थिक शरीर लिन गराईएको थियो । भावपूर्ण श्रदान्जली चढाउन वेष्ट फालेनबासी तथा अन्य क्षेत्रका सुभेच्छुक महानुभावहरु, एन आर एन जर्मनी तथा प्रतिनिधि उपाध्क्ष्य कृष्ण प्रसाद गौतम, वेष्टफालेनएन आर एन, एल सि सि संयोजक शिखर खड्का, जन सम्पर्क समिती, जर्मनी महामन्त्री टंक लंम्साल र बिजय मोक्तान, एन आर एन - जर्मनी केन्द्रिय सदस्यहरु, दया राम पौडेल, मनकाजी नेपाली, प्राप्ती घिमिरे, एन आर एन पुर्व उपाधक्ष्य यज्ञ राज सुबेदी, पुर्व कोषाध्यक्ष पन्चु घिमिरे, पुर्ब केन्द्रिय सदस्य मदन दाहाल लगायत पुग्नु भएको थियो । पण्डित राम हरी शास्त्रीले बताउनु भए अनुसार मृत्यु पछि सद्गति प्रदान तथा स्वर्ग द्वार खुल्ला गर्न १३ खुड्किला पार गर्नु पर्ने र जसका लागी पहिलो अन्त्यष्टी प्रकृया दोस्रो दिन अस्तु बिसर्जन, तेस्रो दिन पिण्ड दान, दसौ दिनमा पवित्र गर्ने, बाह्रौ दिनमा स-पिण्ड र तेर्हौ दिनमा गाई दान गरी कृया प्रकृया पुरा गरिन्छ भने मृतकको आत्मा ४८ दिन सम्म आफन्त र परिवारको वरपर रहने हुँदा उन्पचास दिनको पुन्य तिथिमा सम्झना गरी दीप जलाईन्छ । ३६५ दिनमा पृथ्वी लोकबाट स्वर्ग लोक जाने हुँदा मार्ग तयार गर्न पण्डितको आवश्यक रहेको जानकारी पण्डित शास्त्रीले दिनु भयो । गरुड पुराण श्रवण गराउनाले बैकुण्ठमा बास हुन्छ भन्ने गरुड पुराणमा उल्लेख छ। यसै बिच स्वर्गिय जनक खडकाको सद्गतिको लागी नवौ दिनमा गरुड पुराण पाठ श्रवण गराईने परिवार जनबाट थाहा हुन आएको छ ।

Wednesday, February 8, 2012

एनआरएन पोर्चुगलको प्रतिनिधिमण्डलद्वारा राजदुतसंग भेट।

-भीम के सी कमल पेरिस, ६ फेब्रुअरी २०१२ गैर आवाशिय नेपाली संघ, पोर्चुगलको एक प्रतिनिधिमण्डलले फ्रान्सको राजधानी पेरिस स्थित नेपाली राजदुतावासमा महामहिम राजदूत मोहनकृष्ण श्रेष्ठसंग भेटी पोर्चुगलबासी नेपालीहरुले भोग्नु परेका बिबिध समस्याहरुको बारेमा बिस्तृत जानकारी गराउदै समस्या समाधानार्थ ब्यापक छलफल गरेको छ। संघका अध्यक्ष रमेश गुरुङ, पुर्ब आइसिसि सदश्य एबम् बर्तमान संरक्षक मकर हमाल, बरिष्ठ उपाध्यक्ष डिलाराम चापागाँइ, संघका सल्लाहकार तथा एनआरएन आइसिसि नेपाली सामग्री प्रबर्धन टास्कफोर्स सदश्य झलक बहादुर के सी र एनआरएन आइसिसि मेडिया तथा कम्युनिकेसन टास्कफोर्सका सदश्य भीम के सी कमल सम्मिलित सो प्रतिनिधिमण्डलले पोर्चुगलको राजधानी लिस्बनमा नेपाल सरकारको आधिकारिक कुटनितिक निकाय नहुदा पोर्चुगलमा बसोबास गर्ने ५०००को हाराहारीमा रहेका नेपालीहरुले भोग्नु परेका बिबिध समस्याहरु तथा पारिबारिक पुनर्मिलन एबम् अन्य कागजात प्रमाणिकरण गर्दा भारतको नयादिल्ली स्थित पोर्चुगिस राजदूतावासमा नेपालीहरुले ब्यहोर्नु पर्ने बिभिन्न सास्तीहरु तथा त्यहा हुने खर्चको बिषयमा समेत ब्यापक रुपमा जानकारी गराउदै सो को समाधानार्थ सम्बद्ध पक्षबाट चालिनु पर्ने कदमहरुको बारेमा पनि छलफल गरेको छ। प्रतिनिधिमण्डलका संयोजक संघका अध्यक्ष रमेश गुरुङले प्रतिनिधिमण्डलको तर्फबाट पोर्चुगलका समस्याहरु प्रस्तुत गर्दै पोर्चुगलस्थित सम्पुर्ण संघसंस्थाहरुको मतैक्य अनुसार सिफारिस गरिएका ब्यक्तिलाइ कन्सुलरको रुपमा नियुक्तीको ब्यबस्था गर्न समेत महामहिम राजदूतज्यु मार्फत सरकार समक्ष माग गर्नु भएको थियो। सो डेलिगेशनको अबसरमा प्रतिनिधिमण्डलका सदश्यहरुले पोर्चुगिस समुदायसंग नेपालीहरुको सम्बन्ध, नेपालको संस्कृति, पर्यटन तथा उद्धोग-बाणिज्यको प्रबर्धनको निमित्त पोर्चुगलमा रहेका अवसर तथा चुनौतीहरु, पोर्चुगलमा रहेका नेपालीहरुका जायज मागहरुको यथाशिघ्र सम्बोधन तथा नेपाल तथा पोर्चुगल दुबै देशमा एक अर्काको अधिकार सम्पन्न कुट्नैतिक उपस्थिति हुनु पर्ने लगायतका बिषयमा साझा अबधारणाहरु राखेका थिए। पोर्चुगलवासी नेपालीहरुका समस्याहरुको ब्यापक छलफल पश्चात महामहिम राजदूत मोहनकृष्ण श्रेष्ठज्युले आफु पोर्चुगलवासी नेपालीहरुको समस्यासंग परिचित रहेको र समयोचित समाधानमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

Wednesday, January 11, 2012

बैदेशिक रोजगारमा दुर्घटनामा परी अपांग (अशक्त) वाजुल कवारीको परिवारलाई सहयोग पुर्याउनुहुन

जीउदो लास लिएर फर्कियो वाजुल कवारी स्वदेश । सागर श्रेष्ठ बैदेसीक रोजगारिको सिलसिलामा साउदी अरेवियाको रहिमा स्थित अल अकदुद कम्पनिमा २००८ मार्च १६ तारिखको दिन मिठो सपना बोकेर धेरै पैसा कमाउने आशा लिएर आएको महोतरी गामारीया ४ को राहदानी नं ३८०२८०७ न को वाजुल कवारी आज मिति २०१२ जनवारी १० तारिखको दिन गल्फ एयरबाट जिउदो लास लिएर नेपाल फर्केको छ । कामको सिलसिलामा गत जुलाई १५ तारिखको दिन स्काफोल्डीङ्ग गर्दै गर्दा ३० फिट माथीबाट खसेर हात खुट्टा भांचिनुको साथै धाड पनि भांचिएको थियो र टाउकोमा ठूलो असर परेको थियो । अलमाना हस्पीटलको कोठा नं २४२ मा करिव ५ महिनाको आईसीयुको उपचार पछी आज एक जना डाक्टर र एक जना सहयोगीको साथ नेपाल फर्केको छ । वहां अहिले विस्तारै हिडडुल गर्न मसिनो बोल्न सक्नुहुन्छ तर दुर्भाग्यको कुरा वहां कसैलाई पनि चिन्न सक्नुहुन्न । करिव ४०-५० मिनेट उ संग कुरा गर्यो भने चिनेको जस्तो गर्छ फेरी केहि समय पछि चिन्न सक्दैन । वहांलाई यस्तो अबस्थामा सहयोग गर्नलाई न त कुनै सामाजीक संघ संगठन नै भयो न त कुनै ब्यक्तिनै किन कि उसले पढेको थिएन अनि कुनै संघ संगठनको सदस्य पनि थिएन । रहिमामा रहेका केहि नेपालीहरु मिलेर खडा गरेको बचत कोष बाट उसको बचत भएको रकम बराबरको रकम सहयोग गर्नुको साथै उसको खातामा जम्मा भएको रकम बोनस सहित वहांकै नातेदार ईदि्रस कवारी मार्फत पाठाएको जानकारी पनि प्राप्त भएको छ । केहि नेपाली साथीहरुको पहलमा कम्पनिबाट ५००० र ईन्सुरेन्स कम्पनिबाट ५००० रियाल दिने मौखिक कुरा गरेता पनि यथार्थमा पाउने हो या होईन त्यो ठेगान छैन । यस विषयमा सम्बन्धीत निकाएको ध्यान जान आवश्यक छ कि बोल्नेको पिठो पनि विग्ने र नबोल्ने को चामलपनि नविग्ने नहोस । धरम के.सी. अध्यक्ष गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरब NOTE .. मितिः ११ जनवरी २०१२ पत्रसंख्याः NRNAKSA/2011-13/028 डा. उपेन्द्र महतो संस्थापक अध्यक्ष एनआरएनए आइसिसी बिषयः बैदेशिक रोजगारमा दुर्घटनामा परी अपांग (अशक्त) वाजुल कवारीको परिवारलाई सहयोग पुर्याउनुहुन तलको समाचार पढेपछि हामी हजुरले जुलाई २०११ मा मस्कोमा भएको एनआरएनएको क्षेत्रिय सम्मेलनमा घोषणा गर्नुभएको रू. ५ करोडको उद्धार कोषलाई सम्झिन पुगेका छौं । हाम्रो बुझाईमा त्यो कोषको उद्येश्य तथा कार्यक्षेत्र र बैदेशिक रोजगारमा आई जिउंदो लाश बनी हिंजो १० जनवरीमा स्वदेश फर्केका वाजुल कवारीको सम्बन्ध र सरोकार हुनसक्दछ । यसैले पनि गैर आवासीय नेपाली संघ साउदी अरब निज कवारीको परिवारलाई उक्त कोषबाट सक्दो उद्धार (कल्याण) गरिदिनका लागि अनुरोध गर्दछ । थप जानकारीका लागि साउदीमा रहेका निज कवारीका ससुरा इद्रिशलाई ०० ९६६ ५६०३८६५०३ मा र / या नेपालमा कवारीकी श्रीमति कलिमालाई (००९७७) ९८१५८११९८५ मा सम्पर्क राख्नसकिनेछ ।

Monday, January 2, 2012

एनआरएनएमा बैदेशिक रोजगार सूचना केन्द्र टीमको गठन

१ जनवरी २०१२ बैदेशिक रोजगारमा जाने कामदारहरूलाई सहि, सत्य र प्रयाप्त सूचना प्रदान गर्ने मूल उद्येश्य राखी एनआरएनएले बैदेशिक रोजगार सूचना केन्द्रलाई प्रोजेक्टका रूपमा अघि बढाउन आज एक टीम गठन गरिएको छ । यस अघि नै यस प्रोजेक्टका च्याम्पिएन तोकिएका एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले यस क्षेत्रमा कृयाशिल तथा बिशेष रूची र ज्ञान भएका बिभिन्न बिज्ञ ब्यक्तित्वहरू र एनआरएनएको नेतृत्वसंगको परामर्श पश्चात पूर्णता पएको यो टीमको गठन यस प्रकार भएको छः सल्लाहकारहरूः (१) प्रमुख सल्लाहकारः श्री स्थानेश्वर देबकोटा, कार्यकारी निर्देशक, बैदेशिक रोजगार प्रबर्द्धन बोर्ड, नेपाल (२) सल्लाहकारः श्री रामेश्वर शाह, उपाध्यक्ष, एनआरएनए आइसिसी, युएई (३) सल्लाहकारः श्री तेञ्जी शेर्पा, महासचिव, एनआरएनए आइसिसी, दक्षिण कोरिया प्रोजेक्ट च्याम्पिएनः (४) श्री धरम के.सी., अध्यक्ष, एनआरएनए साउदी अरब प्रोजेक्ट टीमका सदस्यहरूः (५) श्री किरण किशोर घिमिरे, अध्यक्ष, म्यानपावर ब्यवसायी संघ, नेपाल (६) श्रीमति चन्दा थापा, प्रबन्ध सम्पादिका, ऐक्यबद्धता प्रकाशन, नेपाल (७) श्री तारानाथ सापकोटा, प्रबन्ध निर्देशक, एभरेष्ट मिडिया, थाइल्याण्ड (एसिया प्रशान्त क्षेत्र) (८) श्री उद्धव भट्टराई, प्रबन्ध निर्देशक, रोजगार मिडिया, नेपाल (९) श्री सुजन के.सी., महासचिव, एनआरएनए एनसिसी कुवेत (१०) श्री तिल बिक्रम थेबे, पत्रकार, कतार (११) श्री जगन्नाथ कंडेल,(डाँडा कटेरी ) अध्यक्ष, नेपाली समाज, स्पेन (युरोप) (१२) श्री नमराज लामिछाने, पुर्ब उपाध्यक्ष, एनआरएनए एनसिसी साउदी अरब यस टीमको मुख्य काम आगामी ६ महिनाभित्रै बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूका लागि जानकारीमूलक हाते पुस्तिका तयार पार्नु हुनेछ । साथै चेतनामूलक सूचना प्रबाह गर्दै बैदेशिक रोजगार क्षेत्रमा देखिएका बिभिन्न समस्या, बिकृति र बिसंगतिहरूको अन्त्यका लागि पनि यो टिमले सक्दो पहल गर्नेछ ।