Friday, March 9, 2012

स्वर्गिय जनक खड्काको जर्मनी हाममा हिन्दू संस्कार अनुसार अन्त्यष्टी

टेक नेपाली, जर्मनी - आयो यो टप्प टिप्यो लग्यो, मिती पुग्यो टारेर टर्दैन त्यो ! जर्मनी वेष्टफालेन - मुनस्टर ल्याण्ड, क्राईस स्टाईन फर्ट स्थित नर्डवाल्डेमा असमायिक निधन हुनु भएको २१ बर्षिया जनक खड्काको जर्मनी वेष्टफालेन हामको अन्त्यष्टी गृहमा हिन्दू संस्कार अनुसार वैधिक अन्त्यष्टी गरिएको छ। बेल्जीयमबाट आउनु भएका पण्डित राम हरी शास्त्रीले वैधिक नियम अनुसार अन्त्यष्टी मन्त्र जप गरी परिवारजनबाट दाग बत्ती दिए पछी उपस्थित महानुभावहरुले श्रदान्जली अर्पण गर्दै अग्नीमा पार्थिक शरीर लिन गराईएको थियो । भावपूर्ण श्रदान्जली चढाउन वेष्ट फालेनबासी तथा अन्य क्षेत्रका सुभेच्छुक महानुभावहरु, एन आर एन जर्मनी तथा प्रतिनिधि उपाध्क्ष्य कृष्ण प्रसाद गौतम, वेष्टफालेनएन आर एन, एल सि सि संयोजक शिखर खड्का, जन सम्पर्क समिती, जर्मनी महामन्त्री टंक लंम्साल र बिजय मोक्तान, एन आर एन - जर्मनी केन्द्रिय सदस्यहरु, दया राम पौडेल, मनकाजी नेपाली, प्राप्ती घिमिरे, एन आर एन पुर्व उपाधक्ष्य यज्ञ राज सुबेदी, पुर्व कोषाध्यक्ष पन्चु घिमिरे, पुर्ब केन्द्रिय सदस्य मदन दाहाल लगायत पुग्नु भएको थियो । पण्डित राम हरी शास्त्रीले बताउनु भए अनुसार मृत्यु पछि सद्गति प्रदान तथा स्वर्ग द्वार खुल्ला गर्न १३ खुड्किला पार गर्नु पर्ने र जसका लागी पहिलो अन्त्यष्टी प्रकृया दोस्रो दिन अस्तु बिसर्जन, तेस्रो दिन पिण्ड दान, दसौ दिनमा पवित्र गर्ने, बाह्रौ दिनमा स-पिण्ड र तेर्हौ दिनमा गाई दान गरी कृया प्रकृया पुरा गरिन्छ भने मृतकको आत्मा ४८ दिन सम्म आफन्त र परिवारको वरपर रहने हुँदा उन्पचास दिनको पुन्य तिथिमा सम्झना गरी दीप जलाईन्छ । ३६५ दिनमा पृथ्वी लोकबाट स्वर्ग लोक जाने हुँदा मार्ग तयार गर्न पण्डितको आवश्यक रहेको जानकारी पण्डित शास्त्रीले दिनु भयो । गरुड पुराण श्रवण गराउनाले बैकुण्ठमा बास हुन्छ भन्ने गरुड पुराणमा उल्लेख छ। यसै बिच स्वर्गिय जनक खडकाको सद्गतिको लागी नवौ दिनमा गरुड पुराण पाठ श्रवण गराईने परिवार जनबाट थाहा हुन आएको छ ।

No comments:

Post a Comment