Tuesday, March 27, 2012

पोर्चुगिस अध्यागमन नितिमा कडाइको संकेत।



-भीम के सी कमल
पोर्चुगिस अध्यागमन नितिमा कडाइको संकेत।
लिस्बन, २६ मार्च
 
पोर्चुगलका प्रधान-मन्त्री पेद्रो पासोस कोइल्होको अध्यक्षतामा २२ मार्चमा बसेको मन्त्री परिषदको नियमित साप्ताहिक बैठकले पोर्चुगिस अध्यागमन सम्बन्धी संशोधित कानुनको मस्यौदा स्विकृत गरेको छ। बैधानिक प्रवेश, बसोबास र अध्यागमनलाई ब्यबस्थित गर्दै अबैध आप्रवासीहरुलाई घर फर्काउने (डिपोर्टेसन) सम्बन्धमा हाल कायम रहेको ४ जुलाइ २००७ को कानुन नं २३/२००७ लाई परिमार्जन गर्न सो संशोधन प्रस्ताब स्विकृत गरिएको हो।
 
प्रस्तावित कानुनी ब्यबस्थामा गैह्र कानुनी आप्रवासिलाई काममा लगाउने कार्यलाई निरुत्साहित गर्न त्यसरी काममा लगाउने कार्यलाई आपराधिक कार्यको सूचीमा राख्ने ब्यबस्था गरिनुका साथै बैधानिकता प्राप्त गर्ने सजिलो माध्यमको रुपमा रहेको नक्कली(?) बिबाहका बिरुद्ध कडा रुपमा प्रस्तुत हुने ब्यबस्था गरिएको छ। आप्रवासन सम्बन्धी हाल कायम रहेको ४ जुलाइ २००७ को कानुन अनुसार पोर्चुगल अध्यागमन (सेफ) मा बैधानिकताको निम्ती आबेदन गर्नेहरुलाई बैधानिक रुपमा काममा राख्न सकिने ब्यबस्था थियो।
 
युरोपियन संसदबाट जारी भएको निर्देशक सिद्धान्त अनुसारको नया खालको रेसिडेन्सी कार्ड (युरोपियन ब्लु कार्ड) को ब्यबस्था सम्बन्धी दफा समेत उक्त संशोधनमा थप गर्न प्रस्ताब गरिएको छ।
 
अदक्ष आप्रवासीहरुको गैह्र कानुनी पोर्चुगल आगमनलाई निरुत्साहित गर्न युरोपियन युनियनबाट प्राप्त सुझाब अनुसार गर्न थालेको भनिएको यो संशोधनले पोर्चुगीस अध्यागमन नितिमा कडाइको संकेत गरेको छ।
 
लिगलाइजेसन, गैह्र कानुनी कामदार र नक्कली बिबाहलाई निरुत्साहित गर्न खोजेको उक्त संशोधनमा परिबार पुनर्मिलनलाई प्रभाबकारी बनाउन इन्स्टिच्युट अफ फेमेली रियुनुफिकेसनको स्थापना गर्ने र पोर्चुगलमा पुजी लगानी गर्ने आप्रबासीहरुलाई भने प्रोत्साहित गरिने ब्यबस्था प्रस्ताब गरिएको छ।

Friday, March 9, 2012

स्वर्गिय जनक खड्काको जर्मनी हाममा हिन्दू संस्कार अनुसार अन्त्यष्टी

टेक नेपाली, जर्मनी - आयो यो टप्प टिप्यो लग्यो, मिती पुग्यो टारेर टर्दैन त्यो ! जर्मनी वेष्टफालेन - मुनस्टर ल्याण्ड, क्राईस स्टाईन फर्ट स्थित नर्डवाल्डेमा असमायिक निधन हुनु भएको २१ बर्षिया जनक खड्काको जर्मनी वेष्टफालेन हामको अन्त्यष्टी गृहमा हिन्दू संस्कार अनुसार वैधिक अन्त्यष्टी गरिएको छ। बेल्जीयमबाट आउनु भएका पण्डित राम हरी शास्त्रीले वैधिक नियम अनुसार अन्त्यष्टी मन्त्र जप गरी परिवारजनबाट दाग बत्ती दिए पछी उपस्थित महानुभावहरुले श्रदान्जली अर्पण गर्दै अग्नीमा पार्थिक शरीर लिन गराईएको थियो । भावपूर्ण श्रदान्जली चढाउन वेष्ट फालेनबासी तथा अन्य क्षेत्रका सुभेच्छुक महानुभावहरु, एन आर एन जर्मनी तथा प्रतिनिधि उपाध्क्ष्य कृष्ण प्रसाद गौतम, वेष्टफालेनएन आर एन, एल सि सि संयोजक शिखर खड्का, जन सम्पर्क समिती, जर्मनी महामन्त्री टंक लंम्साल र बिजय मोक्तान, एन आर एन - जर्मनी केन्द्रिय सदस्यहरु, दया राम पौडेल, मनकाजी नेपाली, प्राप्ती घिमिरे, एन आर एन पुर्व उपाधक्ष्य यज्ञ राज सुबेदी, पुर्व कोषाध्यक्ष पन्चु घिमिरे, पुर्ब केन्द्रिय सदस्य मदन दाहाल लगायत पुग्नु भएको थियो । पण्डित राम हरी शास्त्रीले बताउनु भए अनुसार मृत्यु पछि सद्गति प्रदान तथा स्वर्ग द्वार खुल्ला गर्न १३ खुड्किला पार गर्नु पर्ने र जसका लागी पहिलो अन्त्यष्टी प्रकृया दोस्रो दिन अस्तु बिसर्जन, तेस्रो दिन पिण्ड दान, दसौ दिनमा पवित्र गर्ने, बाह्रौ दिनमा स-पिण्ड र तेर्हौ दिनमा गाई दान गरी कृया प्रकृया पुरा गरिन्छ भने मृतकको आत्मा ४८ दिन सम्म आफन्त र परिवारको वरपर रहने हुँदा उन्पचास दिनको पुन्य तिथिमा सम्झना गरी दीप जलाईन्छ । ३६५ दिनमा पृथ्वी लोकबाट स्वर्ग लोक जाने हुँदा मार्ग तयार गर्न पण्डितको आवश्यक रहेको जानकारी पण्डित शास्त्रीले दिनु भयो । गरुड पुराण श्रवण गराउनाले बैकुण्ठमा बास हुन्छ भन्ने गरुड पुराणमा उल्लेख छ। यसै बिच स्वर्गिय जनक खडकाको सद्गतिको लागी नवौ दिनमा गरुड पुराण पाठ श्रवण गराईने परिवार जनबाट थाहा हुन आएको छ ।