Monday, November 21, 2011

गैरआवासीय नेपाली संघ रुसको विस्तारित बैठक सम्पन्न

कृष्णप्रकाश श्रेष्ठ, मस्को - मास्कोको एउटा केन्द्रीय सडकमा रहेको तिब्बतु रेष्टुराँको एक कक्षमा गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यकारिणी समितिको विस्तारित बैठक बोलाइएको थियो । मास्कोमा पहिलोपल्ट बसेको उक्त बैठकमा सर्वप्रथम रुस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष उत्सवकुमार अमात्यले काठमाडौंमा अक्टोबरमा सम्पन्न भएको पाँचौं गैरआवासीय नेपाली विश्वसम्मेलनबाट एनआरएनए आईसीसीको अध्यक्षपदमा निर्विरोध निर्वाचित हुनुभएका जीवा लामिछानेलाई रुसमा बसोवास गरिरहेका सबै नेपालीहरुको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्नुहुँदै शुभकामना एवं फुलको गुच्छाले स्वागत गर्नुभयो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जीवा लामिछानेले आफुलाई अध्यक्ष पदमा पुर्‍याउनका लागि प्रत्यक्ष र परोक्ष रुपले सहयोग गर्ने सबैप्रति हार्दिक कृतज्ञता जनाउनुका साथै गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै सकि्य रहि आएको हुँदा आउँदो २ वर्षको कार्यावधिमा गैरआवासीय नेपाली आन्दोलन समक्ष रहेका समस्या र चुनौतीहरुको आफुलाई राम्रो बोध भएको कुरा जनाउनुभयो र भविष्यमा गर्नुपर्ने कार्यहरुबारे पनि संक्षेपमा प्रकाश पार्दै आफुले उपाध्यक्ष छँदादेखि नै वहन गर्दै आएको लोककल्याणकारी परोपकारी कार्यको जिम्मा यसपल्ट पनि आईसीसीले आफुलाई नै सुम्पेको सूचित गनुभयो । गैरआवासीय नेपाली संघ रुसको भावी कार्यक्रमबारे पनि विस्तारित बैठकमा छलफल भई नेपालमा एनआरएनको भवन निर्माणका लागि र आगामी २ वर्षमा रसियाको च्यारेटी कार्यक्रमका लागि विभिन्न तरिकाहरु अपनाएर रकम सङ्कलन गर्नुका साथै रुसमा कार्यरत सबै नेपाली संघसंस्थाहरुलाई समेटेर वार्षिक कार्यक्रमहरुको तालिका क्यालेण्डर तयार पार्ने निर्णय लिइएको छ । यसका साथै मास्कोमा सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको वेला लोकार्पण गरिएको कृष्णप्रकाश श्रेष्ठको अनुवादमा रुसी तथा नेपाली दुवै भाषामा महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र पुश्किनका काव्यकृतिहरु मुनामदनु तथा जिप्सी समावेश गरिएको देवकोटा र पुश्किनु शीर्षकको पुस्तक विक्री वितरण गरी जम्मा हुने रकमबाट पुस्तक प्रकाशन गर्ने पनि निर्णय लिइएको छ । गैरआवासीय नेपाली संघ रुसको विस्तारित बैठकमा जीवा लामिछाने उत्सवकुमार अमात्य डा. एकनारायण चापागाईं डा. मणिराज पोखरेल डा. बद्री के.सी. तेजबहादुर शाह गो विन्दप्रसाद गौतम जीवनकिशोर श्रेष्ठ गणैश रामदाम भरतराज झा एकनाथ दुवाडी होमनाथ गौतम प्रद्युम्न नेपाल हेमन्तकुमार सिँह खेमराज लामिछाने कृष्णप्रकाश श्रेष्ठ प्रभृतिको समुपस्तिथी रहेको थियो । सधैंजस्तो सौहार्दपूर्ण र कामयावी वातावरणमा सम्पन्न भएको छलफलमा आउँदा दिनहरुमा अरु पनि रचनात्मक क्रियाकलापहरु सम्पन्न गर्दै जाने सरसल्लाह भएको छ ।गैरआवासीय नेपाली संघ आईसीसी अध्यक्ष जीवा लामिछाने तथा एनसीसी चसियाका अध्यक्ष उत्सवकुमार अमात्यको टोलीलाई उत्तरोत्तर सफलता प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।