Thursday, September 22, 2011

यश कुमार र बिष्णु खत्री ले बार्सिलोना लाइभ कन्सर्ट गर्ने

गैर आबासीय नेपाली संघ स्पेन को आयोजना मा यहि सेप्टेम्बर २२ , बिहिबार का दिन स्पेन को बार्सिलोना मा नेपालका ख्याती प्राप्त कलाकार यश कुमार र बिष्णु खत्री ले लाइभ कन्सर्ट गर्ने भएका छन् | बिजया दशमी तथा दिपावली २०६८ को शुभ अवसर पारेर शुभकामना आदान प्रदान तथा लाइभ कन्सर्ट गर्ने सो कार्यक्रम को तयारि तथा प्रचार प्रसार द्रुतगतिमा बढिरहेको छ | सो कार्यक्रम बाट प्राप्त रकम एन आर एन कल्याणकारी कोष मा राखे निर्णय पहिलेनै भैसकेको छ | सो कार्यक्रम मा उपस्थित भै सहयोग गरिदिनु हुन स्पेन बासि नेपाली तथा गैर नेपालीहरु हरुलाई एन आर एन स्पेन ले हार्दिक अपिल गरेको छ |अन्य जानाकारीको लागि अर्जुन काफ्ले ६६६९८२५१२ ,, प्रकाश तिमिल्सिना ६९८६३३०६३ , बिष्णु रिजाल ६९८४५२१२० ,केदार ढुंगाना ६९७८३३०४४ संग सम्पर्क गर्न सक्न्नु हुनेछ |

समय - १६.०० बजे
मिति - २२ सेप्टेम्बर , २०११
स्थान -c/Tore den daminas nr. 6
HOSTAFRANCS
Metro L1,salida MERKAT

Saturday, September 17, 2011

जनसम्पर्क समिति डेनमार्कको अधिवेशन सम्पन्न

प्रकाश ढकाल, कोपनहेगन - नेपाली जनसम्पर्क समिति डेनमार्कको अधिवेशन हालै सम्पन्न भएको छ । कोपनहेगनमा सम्पन्न अधिवेशनले यामलाल सुवेदीको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन समेत गरेको छ । अध्यक्ष पदका लागि शुरुमा तीन जनाले दाबी गरे पनि पछि सहमति जुटेको थियो । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष त्रिलोचन सापकोटा, यामलाल सुवेदी तथा भूपाल बानियाको दावी रहे पनि सुवेदीको पक्षमा सहमति जुटेको थियो।


अध्यक्षमा विजयी सुवेदीले यो कसैको हारजित नभएको बताए । सबैलाई मिलाएर लैजाने र सबैको सहयोगले मात्र संस्था बलियो हुने पनि उनले बताए । अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै युरोपेली जनसम्पर्क समितिका अध्यक्ष दिल बहादुर गुरुङ्ले नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा जनसम्पर्क समिति रहे पनि विदेशमा रहेका सम्पुर्ण नेपालीहरुको हितका लागि संस्था क्रियाशिल रहेको बताए ।


डेनमार्कका लागि नेपाली राजदुत विजयकान्त लाल कर्णले अधिवेशनको सफलताको कामना गर्दै विदेशमा सिकेका शिप र शिक्षा स्वदेशमा लगाउनु पर्ने कुरामा जोड दिए । यसैगरी एन आर एन डेनमार्कका अध्यक्ष मोहन राज मिश्र, एन डि एफ का अधक्ष घनश्याम गौतम, जनप्रगतिशिल मञ्चका अध्यक्ष उदय राज गौतम, एन आर एनका निवर्तमान अधक्ष सोमनाथ सापकोटा, जनसम्पर्क समितिका सल्लाहाकार नविन पौडेल लगायतले अधिवेशन सफलताको कामना गरेका थिए ।


भेलाबाट चयन भएका अन्य कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षहरुमा प्रकाश ढकाल, महेश सिहं खत्री तथा नविन आचार्य, महामन्त्रीहरुमा बिदुर गौतम र बुद्धि पापकोटा, सह-महामन्त्रीमा गोविन्द पौडेल, कोषाध्यक्षमा दिपक रिजाल रहेका छन् र सदस्यहरुमा प्रतिक सुब्बा, श्रीमती प्रमिला प्रसाईं कडरिया, गिरी कंडेल, निराजन सुवेदी र योगमाया मिश्र पौडेल रहेका छन् ।