निर्दोष के सी
लिस्वन,२४ अगस्त
गैर आवाशीय नेपाली संघ पोर्चुगलको आयोजनामा महिलाहरुको महान पर्ब हरितालिका तिज २०६८ कार्यक्रम २८ अगस्त आइतवारका दिन दिनको १ बजे देखि मार्केस पोम्बाल स्थित होटल फेनिक्समा दर खाने, तिज गीत र नाचगान सहित भब्यतापुर्बक मनाइने भएको छ । नेपाली सस्कार, रितीरिवाज र परम्परालाई उजागर गर्ने उद्देश्यले विगतमा पनि विभिन्न चाड पर्व, कला तथा संस्कृती झल्काउने कार्यक्रम गरे जस्तै यस पटक पनि महिलाहरुको पर्व तिज मनाउने निर्णय संघले गरेको हो ।
नेपाली क्यालेण्डर अनुसार तिज अगष्ट ३१ बुधवारका दिन परे पनि धेरै नेपालीको विदा र अनुकुलता हेरेर २८ अगस्त आइतवारका दिन तिज विशेष कार्यक्रम गरिने भएको हो । कार्यक्रमलाई सफल बनाउनका लागि संघले यस अघि नै एक समिति गठन गरिसकेको छ । सो समितिको संयोजकमा सिता बराल एबम् सदस्यहरुमा बिमला सेडाई, लक्ष्मी रेग्मी, गीता तिमिल्सिना, रिता गौतम, सबित्रा बस्नेत, राधा गौतम ढकाल, भगबती बस्नेत, बिमला पौडेल, लक्ष्मी पुन, इन्दिरा पुरी, इशा शर्मा, जग कुमारी गुरुङ, उमा गुरुङ, अनिता श्रेष्ठ, राजकुमारी घर्ति मगर, सन्तु राई, दीपा गौतम र रेखा पौडेल रहेका छन ।
यस अघि सेप्टेम्बर ४ तारिखमा कार्यक्रम निश्चित भएकोमा हलको उपलब्धता र तिज पछाडी कार्यक्रम गर्दा कार्यक्रमको सान्दर्भिकता कम हुने सुझाब दिदिबहिनीहरुबाट आएकोले २८ तारिख सारिएको जानकारी अध्यक्ष रमेश गुरुङले दिनु भएको छ।
नेपाली महिलाहरुको यस पर्बलाइ भब्य एबम् आकर्षक रुपमा सफल पार्न पोर्चुगलबासी सम्पुर्ण महिला दिदिबहिनीहरुलाइ तीजको पहिरनमा तिज गीत समेत तयार गरी उपस्थित हुनु हुन संघले अनुरोध गरेको छ।